काठमाडौं- सेना परिचालनको बहस कानुनी धारा नहेरी नआएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन्।
प्रतिबन्धित विप्लव समूहका गतिविधिका विषयमा सेनाको अभिव्यक्ति सरकारको विपक्षमा नआएको उनले स्पष्ट पारेका हुन्। राजनीतिक नेतृत्वको निर्णयलाई सेनाले हमेसा मान्दै आएको छ। उनले भने, ‘आफै कथा हाल्नेले यस्तो अभिव्यक्ति दिएका हुन्।’
सरकारले लगानी सम्मेलनमा ४० देशका लगानीकर्ता भित्रने जानकारी समेत दिएको छ।
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्काटाले ७७ वटा परियोजना विदेशी लगानीकर्ता सामु अघि सार्ने निर्णय भएको समेत जानकारी दिए।
विदशी लगानीकर्तासँग विभिन्न सम्झौतामा हुने जानकारी दिए। उनले भने, ‘हामी परनिर्भरता हटाउन चाहन्छौ|। त्यसको लागि यो उपयुक्त समय हो।’
मन्त्रिपरिषदले पानी जहाज कार्यालयको रजिष्टारमा ऋिषिराम कोइरालालाई जिम्मेवारी दिएको बताए।
मन्त्रिपरिषदले जुट उद्योगको लागि विद्युत महसुल छुट दिने निर्णय गरेको छ। गरिब पहिचान निर्देशिका पारित गरिएको बाँस्कोटाले उल्लेख गरे।
यसैगरी भू-उपयोग नीति पारित गरिएको समेत उनले बताए।
मन्त्री बास्कोटाले विराटनगर जुट मिलमा भएको अनियमितता छानबिन समिति गठन गरिएको र वैदेशिक रोजगार ऐनको चौथो संसोधन स्वीकृत गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।