काठमाडौं- खानेपानीमन्त्री बिना मगर विवेकशी साझा पार्टीकी नेतृ रञ्जु दर्शनाप्रति आक्रोश व्यक्त गरेकी छन्। दर्शनाको नाम नै किटेर सार्वजनिक विज्ञप्ति प्रकाशन गरेकी मन्त्री मगरले आफू र आफ्नो परिवारमाथि झुठो आरोप लगाइएको समेत दाबी गरेकी छन्।
दर्शनाले खानेपानी मन्त्रालय र मन्त्री बिना मगरविरुद्ध अनियमितताको आरोप लगाएपछि उनीविरुद्ध मन्त्री मगरले विज्ञप्तिबाजी गरेकी हुन्।
दर्शनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मेलम्ची आयोजनमा मन्त्री मगरले उजुरी गरेको समाचार बाहिरिएपछि त्यसको आक्रोश मन्त्री मगरले वक्तव्यमार्फत् सार्वजनिक गरेकी हुन्।
आफूले मेलम्ची आयोजनामा कुनै अनियमितता नगरेको समेत मन्त्री मगरले दाबी गरेकी छन्। 'अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय पनि भोग्न तयार छु,' मन्त्री मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अनियमितता प्रमाणित नभए मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाईं रञ्जु दर्शना तयार हुनुहुन्छ?


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।