काठमाडौं- नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघको कार्यसम्पादन सचिवालयको बैठकले सबै यातायात समितिलाई अनिवार्य रुपमा कम्पनी मोडलमा जान निर्देशन दिएको छ। महासंघका सबै सदस्य संस्थालाई २०७६ जेष्ठ १८ गते भित्र रुपान्तरण गर्न बैठकले निर्देशन दिएको हो। बुधबार सचिवालय बैठक बसेको थियो।
यो सँगै विभिन्न नाममा यातायात समिति खडा गरी सिन्डिकेट लाद्दै आएका व्यवसायी अब कम्पनीमा दर्ता हुनुपर्ने भएको छ।
बैठकले नेपाल सरकारबाट कम्पनी ऐन २०६३ को दफा ९ मा संम्शोधन गरी यातायात संस्था दर्ता ऐन २०३४ मा रहेका संस्थालाई एक पटक लागि असीमित सेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने निर्णयलाई स्वागत समेत गरेको छ।
सबै यातायात समितिलाई कम्पनी माेडलमा जाँदै सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागमा सवारी पन्जीकृत गर्न समेत बैठकले निर्देशन दिएकाे छ।
याेसँग सार्वजनिक यातायातका क्षेत्रमा ४० वर्षदेखि रहँदै आएको विभिन्न नामका यातायात सिन्डिकेट अन्त्य हुने अवस्था आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।