काठमाडौं– रुपन्देहीको बुटवलमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ।
बुधबार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक फिरोज खानको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हदृय थापाले जानकारी दिए।
उनी बुटवलको जितगढीमा ग्यारेजमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। गोली किन र कसले प्रहार गरेको हो भन्ने खुलिनसकेको एसपी थापाले जानकारी दिए।
घटनाको अनुसन्धान सुरु गरिएके उनले नेपाल लाइभलाई जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।