complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बच्चाहरू मलाई देखेर डराउँथे : अशोक शर्मा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १५, २०७४  ०५:२९
1140x725

काठमाडौं- जहाज सबैभन्दा सुरक्षित कहाँ हुन्छ? पक्कै पनि सागरको किनारामा। तर, जहाज किनाराको साक्षी बन्न बनाइएको यन्त्र होइन। समुन्द्र छिचोल्नका लागि बनाइएको हो। मानिसको जीन्दगी पनि यस्तै हो। किनाराको साक्षी बनेर मात्र पुग्दैन। 

कुनै बेलाका डरलाग्दा खलनायक अशोक शर्माको जीवनलाई फर्किएर हेर्नुपर्यो भने यही मनोविज्ञानले काम गरेको देखिन्छ। पहिले कलाकार,त्यसपछि निर्माता– निर्देशक बन्दै अहिले फिल्म वितरकको भूमिकामा आफूलाई उभ्याएका छन्,उनले। कुनै बेला ब्राह्मणको छोरा भएर मगर्नी विवाह गरेको भन्दै उनको बुवालाई २ सय ४० रूपैयाँ जरीवाना अथवा जेल सजाय हुने भएपछि पूरै परिवार भारत छोडेर नेपाल फर्किएको थियो। 

उनको पढाइ भद्रपुर स्कुलबाट भएको हो। उनी स्कुले जीवनदेखि नै सांस्कृतिक कार्यक्रममा बढी सक्रिय थिए। कलाप्रतिको उनको रूचि यहीँबाट सुरु भएको हो। 

स्कुलपछि कलेज पढ्न अशोक ‘पहाडकी रानी’ दार्जिलिङ हान्निए। विज्ञान विषयमा भर्ना पनि भए। दार्जिलिङमा साढे दुई वर्ष विद्यार्थी जीवन बिताउँदा उनको समय ल्याबमा कम, सांस्कृतिक गतिविधिमा बढी बित्यो। परीक्षामा नगुल्टिने चान्सै थिएन। गुल्टिए। यसपछि पुनः झापा फर्किए। 

‘मेरो रूचि अन्त्यै थियो। झापामा नेपाली भाषामा पढेको मान्छे, अंग्रेजी माध्यमको पढाइ मेरो दिमागमा घिसेन। भाषाको समस्याले गर्दा पढ्न गाह्रो भयो,’ उनी सम्झिन्छन्।

यति बेला झापामा पनि उनको मन टिकेन। २०३९ सालमा काठमाडौं आए। रत्नराज्य क्याम्पसमा भर्ना त भए, यहाँ पनि कलाकार बन्ने उत्कट चाहना बोकेका दौतरीहरूको संगतले उनको मन पढाइमा कम, कलाक्षेत्रमै रम्यो।  

कलेजमा उनको संगत रमेश बुढाथोकी, कृष्ण मल्ल, लय संग्रौला जस्ता माझिएका कलाकारसँग भयो। उनी मखनमा डेरा गरी बस्थे। मखनमा उनी मात्र थिएनन्, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपक क्षेत्री र रवीन्द्र श्रेष्ठ जस्ता कलाकार पनि बस्थे। 

एउटा भनाइ नै छ- मानिसको रूचि जेमा हुन्छ, संगत पनि उस्तै रोज्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मेरै पनि त्यस्तै भयो। श्याम राई, राजेन्द्र सलभ र विजय लामालाई पनि रत्न राज्यमै भेटाएँ,’ उनले भने। 

लय संग्रौला उतिबेलै झापाको कहलिएका कमेडियन। अशोक उनकै हात समातेर कार्यक्रम स्थल जान्थे। ‘काठमाडौंमा पनि त्यो क्रम जारी रह्यो, उहाँहरूकै संंगतले नाटकमा सक्रिय भएँ’, अशोकले कलायात्राको प्रस्थानबिन्दु सम्झिए।

त्यति बेला नेपालमा कम फिल्म बन्थे। तर, फिल्ममा आफ्नो अनुहार देखाउन चाहनेको ताँती हजार हुन्थ्यो। त्यसैले उनले नाटकमा नै आफूलाई सक्रिय बनाए। फिल्मको मोह मनमा छँदै थियो। एउटा फाइलमा उनले आफ्नो बायोडाटा बनाएका थिए। 

फिल्मको अडिसन जहाँ हुन्थ्यो, सूचना पाउनेबित्तिकै फाइल बोकेर दौडिहाल्थे। फाइलमा उनले नाटक गर्दा पाएको प्रमाणपत्र राखेका हुन्थे। अभिनयको भोक यहाँसम्म थियो, सेन्ट जेभियर स्कुलको पूर्व विद्यार्थीहरुको संगठन ‘गोदावरी एल्मुनाई’ ले आयोजना गर्ने प्रतियोगितामा समेत भाग लिन उनी पुग्थे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

                                                                      ***                                                                                                                

काठमाडौंमा उनी कलाकार नै बन्छु भनेर आएका थिए। २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि केही समय उनी टेलिभिजनतर्फ मोडिए।

‘लय दाइ, कृष्ण मल्लजी टेलिभिनमा जागिरे हुनुहुन्थ्यो। त्यही चिनाजानीले मैले एक दुई एपिसोडमा काम गर्ने मौका पाए। रूद्रराज पाण्डेले बनाउने एतिहासिक तथा सामाजिक कथामा आधारित टेलिशृखंलामा पनि काम गरेँ,’ उनी भन्छन्।

यस्तैमा कृष्ण मल्लको ‘चक्रव्यूह’ टेलिशृंखला सार्वजनिक भयो। वास्तवमा अशोकको अभिनय यात्राले यही शृंखलापछि कोल्टे फेर्यो। उनले यसमा दीपक थापाको पात्रबाट अभिनय गरेका थिए। 

‘यो सिरियलमा दीपक थापा नामक पात्रको इन्ट्री दोस्रो शृंखलाबाट भयो। जे हुनु थियो, त्यही भागबाट भयो। पहिले हामीले सुटिङ गर्दा युनिटका साथीबाहेक अन्य कोही हुँदैनथे। तर, तेस्रो भागपछि हाम्रो सुटिङमा मानिसहरूको भिड जम्मा हुन थाल्यो। मेरो अभिनयलाई दर्शकहरूले खुब रुचाए। भिड मकहाँ झुम्मिन थाल्यो,’ उनी सम्झन्छन्।

त्यो पात्रको लोकप्रियता यो स्तरसम्म भयो– मानिसहरू ‘दीपक थापा’ नामको पात्रमा कमल थापा र दीपक बोहराको चरित्र देख्थे। टेलिभिजन बहसमा पनि दीपक थापा पात्रले प्रवेश पायो। 

उनलाई अझै सम्झना छ,‘मलाई स्टारडम त्यहीे टेलिशृंखलाले दिलायो। बच्चाहरू मलाई देखेर डराउँथे। मेरो नाम नै अशोक शर्माबाट दीपक थापा भयो। मानिसहरू मलाई देख्दा 'उ: दीपक थापा' भन्थे।’

दीपक थापाले उनको वास्तविक नाम परिवर्तन गराएकै थियो, फेरि उनको नाम ‘जुठे’ बन्न पुग्यो। कृष्ण मल्लको निर्देशनमा तयार भएको अर्को टेलिशृंखलाले उनलाई थप उचाइ दिलायो। 

अाफ्नाे परिवारका साथ अमेरिकामा अशाेक शर्मा


कलाकारका रूपमा उनले नाम कमाए पनि दाम कमाउन सकिरहेका थिएनन्। धेरै सिरियल खेले, पैसा पाएनन्। ‘चक्रव्यूह’का लागि कृष्ण मल्लले २५ सय रूपैयाँ पारिश्रमिक दिएको उनलाई अझै सम्झना छ। 

टेलिशृंखलाले नै उनलाई फिल्ममा पनि काम दिलायो। उनी सिक्किममा प्रताप सुब्बाको निर्देशनमा बन्न लागेको ‘मसाल’ फिल्मका लागि अडिसनबाट छानिए। उनीसँगै अभिनेत्री सुशीला रायमाझी पनि नेपालबाट छनोट भएकी थिइन्। त्यसपछि उनले ‘२५ वसन्त’ मा अभिनय गरे। 

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। तर, जिन्दगी अझै मखनको त्यही सानो डेराबाट माथि उठ्न सकेको थिएन। 

यस्तैमा बडो रोमाञ्चक ढंगले उनको विवाह भयो। विवाह गर्दा उनीसँग खल्तीमा सुको पनि थिएन। साथीहरूले सहयोग गरे। बुबाले दुई तोला सुन विवाहका लागि जुगाड गरिदिए।

उनको डेरा नजिकै मखनमा एक जना अंकल पनि बस्थे। पेसाले व्यापारी, उनी कलाकारलाई निकै माया गर्थे। उनले नै अशोकलाई केटी खोजिदिएका रहेछन्। त्यो पनि सम्पन्न परिवारकी छोरी। 

आशोक छोरी दिने आफ्ना ससुराबाको निर्णयप्रति आज पनि अचम्म मान्छन्। 

‘डेराको जीन्दगी, गतिलो आम्दानी थिएन। अंकलले बिहे गर्नुपर्छ भन्नुभयो। आफ्नै सम्धिको साथीको छोरी मागिदिनुभयो’, उनले भने, ‘अंकलले बिहे गर्यो भने तिम्रो जीवन व्यवस्थित हुन्छ, प्रगति हुन्छ भन्ने कुरा गरेर मलाई मनाउनुभयो। २८ वर्ष पुगिसकेको थिएँ। बिहे गरेँ।’

बिहे भएपछि अशोकले आफ्नो ससुरालाई एकपल्ट सोधेका पनि रहेछन्, केही नभएको मानिसलाई छोरी कसरी दिनुभयो? 

ससुराको जवाफ थियो रे, ‘तपाईले भविष्यमा केही गर्नुहुन्छ भनेर सम्भावना देखेर दिएको हुँ।’ 

उनको बिहेको पार्टी जावलाखेलको महेन्द्र युवालयमा भएको थियो। साथी वीरेन्द्र क्षेत्रीले भोजको बन्दोबस्ती गरिदिएका थिए।

                                                                      ***  

झापाबाट काठमाडौं आउँदै उनलाई केही गर्नुपर्छ भन्ने थियो। अब बिहे गरेपछि त्यो चिन्ता बढेर गयो। ‘अर्काको छोरी बिहे गरेर ल्याइहालियो। आम्दानीको गतिलो स्रोत केही छैन। फाटफुट्ट फिल्म खेलेर कति नै कमाइ हुन्थ्यो र! त्यही पनि गाह्रो साह्रो चलिरहेको थियो। २०४६–४७ सालतिर फिल्म बनाउने निर्णयमा पुगेँ,’ उनले कलाकारबाट निर्माता–निर्देशक बन्ने यात्राको कहानी सुनाए। 

निर्णय त गरे तर खल्तीमा सुको थिएन। फेरि साथीहरुसँग हारगुहार गरेछन्।  

उनले वीरेन्द्रसँग कुरा राखे। ५ लाख हालेर पार्टनर बस्छु बन्न तयार भए उनी। त्यसमध्ये १ लाख ७५ हजार भारु गीत रेकडमै खर्च भएको सुनाउँछन् अशोक।

त्यति बेला नेपालमा फिल्म बनाउनुपर्यो भने निर्देशकदेखि अन्य प्राविधिक भारतबाटै बोलाउनुपर्ने विडम्बना थियो। उद्धव पौडेलको फिल्मका लागि राजकुमार शर्मा नेपाल आइरहन्थे। अशोकले उद्धवकै सहयोगमा राजकुमारलाई निर्देशनका लागि मनाए। फिल्मको कथा शम्भुजित बास्कोटाले तयार पारे। फिल्मको नाम जुर्यो, ’ट्रक ड्राइभर’, जसको ४ वटा गीतको कम्पोज पनि बास्कोटाले नै गरे। 

‘त्यो बेला एउटा फिल्म बनाउन २५–३० लाख खर्च हुन्थ्यो। स्क्रिप्टअनुसार मदन (मदनकृष्ण श्रेष्ठ) दाइ र हरि (हरिवंश आचार्य) दाइलाई अनुरोध गरे। पहिलेको चिनाजानी काम लाग्यो। शिव श्रेष्ठ, करिष्मा मानन्धर, विजय लामा, किरण केसी, राजाराम पौडेल, बसुन्धरा भुसाल सबैसँग फिल्मको लागि अनुरोध गरे। सबैबिना पैसा फिल्म खेल्न राजी भए। मैले सबैलाई फिल्म रिलिज भएपछि पैसा दिन्छु भनेर फिल्मका लागि कन्भिन्स गरेको थिएँ,’ उनले पहिलो फिल्म बनाउँदाको कहानी सुनाए। 

फिल्म २५–२६ लाखमा पुरा भयो। फिल्मको दुई वटा गीत सुपरडुप्पर हिट भयो। ‘सम्झना बिर्सना सलललल..’, र ‘चिट्ठी आएन’ गीत दर्शकको मुखमा झुन्डियो। फिल्म हिट भयो।

फिल्म रिलिज हुँदासम्म खल्तीमा कौडी नभएका अशोकको टाउकोमा २७–२८ लाख ऋण थियो। फिल्मको कमाइपछि एकै पल्ट उनले सबैको पैसा तिरे। फाइदा २०–२५ लाख भयो।

उनी आज आफ्नो ‘लाइफ स्टाइल’ परिवर्तन हुनुमा यही फिल्मको योगदान महत्वपूर्ण रहेको बताउँछन्। फिल्म हिट भएपछि काठमाडौंमा उनको जीवन पनि फिट भयो। 

त्यसपछि उनले धडाधड दुई वटा फिल्म बनाए, सीता र नीरमाया। यी फिल्मले औसत व्यापार गरे। यसपछि आएको ‘अल्लारे’ फिल्म पुनः सुपरहिट साबित भयो। देश विदेशमा गरेर यसले १ करोड रुपैयाँ कमाइ गर्यो। 

‘त्यही पैसाले मैले काठमाडौंमा घर र गाडी जोडे। माओवादी द्वन्द्वले गर्दा बीचमा फिल्मको बजार खस्कियो। अर्जुन श्रेष्ठसँग मिलेर जग्गाको काम पनि गरे। राम्रै फाइदा भयो,’ उनले जीवनको भोगाइ सुनाए, ‘पछिल्लो समय डिसिएनमा छु। बीचमा पार्टनरसिपमा ‘अन्दाज’ फिल्म बनाए। अब फेरि निर्देशनमा फर्कंदैछु।’

                                                                ***                                                                                                                    
अशोकले काठमाडौंमा आफूलाई टिकाउन थुप्रै संघर्ष गरे। केही कथाहरु फिल्मको जस्तै फ्ल्यासब्याक बनेर उनको सपनामा पनि आउने गर्छन्। कलाकार बन्न काठमाडौंं आउनुअघि उनको दिमागमा फिल्मको भुत सवार थियो। त्यसैले एसएलसी दिनेबित्तिकै ४ जना साथीसँग भागेर मुम्बई लागेका थिए। बिना टिकट रेलबाट सवारी गरिरहेका उनीहरुलाई लखनउमा टिटीले समात्यो। यसपछि उनीहरुलाई सय पटक उठबस गराएर नेपाल फर्काइयो। 

‘प्रदीप खड्का भन्ने साथी ह्यान्डसम थियो, हिरो जस्तै। ऊ नाच्न पनि सिपालु थियो। हाम्रो मनमा ऊ हिरो जस्तो छ, काम तुरून्तै पाइहालिन्छ भन्ने थियो। उसैको संगतले कलाकार बन्छौं भन्ने केटाकेटी सोचले भागेका थियौं,’उनी फ्ल्यासब्याकमा पुगे। 

काठमाडौंमा पनि दुःखैदुःख थियो। कोठाभाडा उनले कहिले समयमा बुझाएनन्। पैसा नभएर एकैपटक ६–७ महिनाको भाडा बुझाएको अहिले पनि बिर्सेका छैनन्।

‘फिल्म खेलेर हजार, १५ सय आउँथ्यो। खाने कि भाडा तिर्ने। बडो समस्या पर्थ्यो। कलाकार भएकाले केही कन्सिडर पाइन्थ्यो। ‘जुठे’बाट फेमस भएको हुनाले घरपट्टीले धेरै दबाब दिँदैनथे। भोटेबहाल जाने बाटोमा एउटा थकाली खाना घर छ, जुन अहिले पनि त्यही छ। उसैकोमा खाना खान्थे। जुन दिन पैसा हुन्थ्यो, त्यही दिन तिर्थे, अशोक सम्झन्छन्।

भर्खर टेलिशृंखला खेल्न थालेका अशोक खल्तीमा पैसा नहुँदा खाजाको लोभले आफ्नो सुटिङ नहुँदा पनि युनिटमा पुगिहाल्थे। ‘कृष्ण मल्ल मनकारी थिए, सुटिङमा आओ भनेर बोलाउँथे,’ उनी भन्छन्। 

त्यति बेला अशोक मात्र होइन, उनी जस्ता थुप्रै कलाकारको जीवन मार्मिक र दुःखदायी थियो। उनी अहिले पनि पुरानो कुरा सम्झिदा भावुक बन्ने गर्छन्। एकपटक उनीहरु पुलिस क्लबमा ‘कला’ भन्ने नाटक देखाइरहेका थिए। त्यसमा अशोकको भूमिका भयंकर धनी मानिसको थियो। मञ्चमा उनको रवाफिलो अभिनय देखेर दर्शकदीर्घाबाट तालीको फोहरा छुट्थ्यो। 

तर, असली कथा नाटक सकिएपछि मञ्चन हुन्थ्यो। उनीहरु पैसाको अभावमा हानिँदै टुकुचास्थित इन्द्र दाइको पसल पुग्थे। 

‘नेवारी वासासँगै उसिनेको चना, चिउरा र आलुको तरकारी खाएपछि हामी ठट्टा गर्थ्यौं– भइखाइस करोडपति! साउजीले दया नदेखाएको भए उसिनेको चना र आलु पनि पाइन्नथ्यो।’

इन्द्र दाइ पनि दयालु थिए। कलाकारको पैसा नआउँदासम्म उधारोमै नास्ता खिलाउँथे। 

जिन्दगीमा एकपटक अशोक चरम निराशामा पुगे। विवाहपछि त्यो क्षण आएको थियो। 

‘फिल्म भनेको आकाशेपानीको भरमा गरिने ठेगान नभएको खेती जस्तो थियो। विदेश जाने हो कि भन्ने अवस्था पनि आयो। एक्लो हुँदा जता जुन साथी कहाँ गएर लडे पनि हुन्थ्यो। परिवार भएपछि नहुने रहेछ’, उनले भने। 

उनीसँग झापा फर्किने विकल्प पनि थिएन। निराशपूर्ण संघर्षका बीच अशोकले काठमाडौंसँग हार चाहिँ मानेनन्। उनी अहिले पनि बिना डेरा काठमाडौंमा दुई, अढाइ वर्ष जिन्दगी बाँचेको अनुभव भावुक भएर सुनाउँछन्। 

‘मसँग पछाडि भिर्ने एउटा झोला थियो। त्यो झोलामा एक दुई जोर लुगा, टुथपेस्ट, ब्रस हुन्थ्यो। पुतलीसडकमा एउटा हाइभिजन हल थियो। त्यहाँ झापा धुलाबारीको  विनोद भन्ने साथीको दुई जना काकाहरू पढ्न बस्थे,’ उनले कहानी सुनाए, ‘उनीहरू शंकरदेव क्याम्पसमा पढ्थे। धेरैजसो म उनीहरूसँगै बस्थे। आपत भने मिनपचासको बिदामा पर्थ्यो। उनीहरू झापा फर्किएपछि मेरो बिजोग हुन्थ्यो। अनि म आश्रयको खोजीमा अर्कैको डेरामा पुग्थेँ।’

आज अशोकलाई यी कुरा सम्झँदा सिनेमाको रिल घुमेझै हुन्छ। उनलाई जीवन भनेको सपना पछ्याउने सामुद्रिक यात्रा जस्तो लाग्छ। कैयौं छाल, आँधीसँग जुध्दै अगाडि बढिरहनुपर्ने।

भन्छन्, ‘मानिससँग जुध्ने आँट भइराख्नुपर्छ, जुधिरहनुपर्छ। लक्ष्य अवश्य हासिल हुन्छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्