काठमाडौं- नेपाल स्टक एक्सचेञ्जको अनलाइन प्रणालीमा सेयर कारोबार गर्ने सफ्टवेयरमा समस्या आएपछि नेप्सेको कारोबार रोकिएको छ। नेप्सेको सफ्टवेयरमा बुधबार अपराहन १ बजेर ४२ देखि सेयर कारोबारमा समस्या देखिएको हो।
स्टकका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ। नेप्सेको थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी उनले दिए।
कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज सेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए।
उनले पनि सफ्टवेयरका कारण कारोबारमा उल्झन देखिएको गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।