काठमाडौं- काठमाडौं महानगरपालिकाले सुन्धारास्थित महानगरपाकिलाको कार्यालय रहेको बागदरबारलाई भत्काएर नयाँ आधुनिक भवन बनाउने भएको छ। महानगरपालिकाकाले आज सार्वजनिक गरेको डिजाइन अनुसार बागदरबारमा १५ तले आधुनिक टावर समेत बन्नेछ।
डेढ अर्ब लागानिमा बन्ने उक्त भवनलाई तीनवटा मोहडामा निर्माण गर्ने लक्ष्य रहेको छ। जसअनुसार पहिलो मोहडामा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने मोहडामा 
डिजाइन गरिएको छ। यो पुरानो बागदरबारकै आकारमा ३ तल्लाको मात्र हुनेछ।
मोहडाको दोस्रो भागमा भने साढे ६ तल्लाको मल्लकालीन स्वरुपको भवन हुने छ।
तेस्रो महोडामा भने १५ तल्ले टावर हुनेछ। यो टावरबाट काठमाडौं उपत्यकासहित हिमश्रंखलाको दृश्याबलोकन गर्न मिल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।