लगानी सम्मेलन भनेको विदेशी लगानीकर्तालाई नेपाल भित्र्याउनु नै हो। विदेशी लगानी भित्र्याउन गरिने प्रयासलाई स्वागत गर्नुपर्छ। यसअघि पहिलो पटक भएको लगानी सम्मेलनमा के प्रतिबद्धता भएको थियो, प्रतिबद्धता भएपछि कति लगानी आयो? फाइदा के भयो? यसको पनि लेखाजोखा हुनुपर्छ।
विदेशी लगानी जहिले पनि स्वदेशी लगानीसँगै जोडिएको हुन्छ। विदेशी लगानीकर्ताले स्वदेशी लगानीकर्तासँग कुनै नै कुन तवरबाट साझेदारीमा नै काम गर्न खोज्छन्। चाहे धेरै सेयर आफूले राखेर होस् वा धेरै उनीहरूलाई दिएर नै किन नहोस्। विदेशी लगानीकर्ताले मुख्यतया ४ वटा कुरालाई हेरेका हुन्छन्।
सबैभन्दा पहिलो कुरा त विदेशी लगानीकर्ताले आफूले लगानी गर्न चाहेको देशको अर्थतन्त्र कसरी विकास भइरहेको छ भन्ने कुरा पनि विश्लेषण गरेका हुन्छन्। देशले विनियोजन गरेको बजेट कसरी र कति खर्च भइरहेको छ? हालको स्थिर सरकारले गरेको खर्चले पनि लगानीकर्ताको सोचमा फरक पर्न सक्छ।
पर्यटनले नै सबै नेपाली जनतालाई मज्जाले पाल्छ। पर्यटनको विकास नै देश विकासको आधार हो।
पर्यटन क्षेत्रको विकसा गरी आर्थिक वृद्धिदर बढाउन पनि लगानी आवश्यक छ। पर्यटनकै कुरा गर्दा तत्कालको अवस्थामा होटल तथा रिसोर्टभन्दा पनि पर्यटन विकासका पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आवश्यक छ।
लगानी सम्मेलन मार्फत् रज्जुमार्ग, रेलमार्ग, हाइवे तथा विमानस्थलका परियोजना अगाडि सारेको छ यो स्वागतयोग्य छ। पर्यटनलाई भौतिक पूर्वाधारसँग जोडेर हाइवेमा पनि विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकेको अवस्थामा झन् राम्रो हुन्छ। तर, काठमाडौं भित्र नै होटल खोल्न भन्दा उपत्यकाबाहिरका ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारसहित पर्यटकीय पूर्वाधार विकासका लागि लगानीकर्ता आउँछन् भने त्यसलाई स्वागत गर्नुपर्छ।
अहिले हुन लागेको लगानी सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरू आउँदैछन् भने यो पनि सकारात्मक हो। त्यसमा पनि यस पटकको लगानी सम्मेलनमा एसियाली देशमा भएका लगानी सम्मेलनमध्येकै धेरै लगानीकर्ता आउने अवस्थामा देखिएको छ। यो पनि राम्रै पक्ष हो।
तर, ग्रामीण क्षेत्रमा ठुलाठुला मेगा परियोजना सञ्चालन गर्न विदेशी लगानी आवश्यक छ।
अहिले एसियालाई फोकस गर्ने र अर्को पटकको लगानी सम्मेलनमा युरोप, अमेरिका तथा दक्षिण अमेरिकालाई फोकस गर्न सकिन्छ। पैसा पनि अहिले एसियामै बढी छ। पर्यटनको सेक्टरमा भने हामीले क्लियर रुपमा 'आइडेन्डीफिकेसन' गर्नुपर्छ। पर्यटन क्षेत्रमा नेपाली लगानीकर्ताहरू पनि परिपक्व भइसकेका छन्। पर्यटन क्षेत्रमा नेपालले साना लगानीका लागि विदेशीको मुख ताक्नैपर्ने अवस्था छैन।
नेपालमा अहिले पर्यटन विकासका लागि विदशी लगानीकतालाई मेगा (ठुला) परियोजनाका लागि मात्रै प्रोत्साहन गर्नुपर्छ। रिसोर्ट, नरम तारे होटलका, म्यानेजमेन्ट कम्पनी, ट्रेकिङ कम्पनी, र्याफटिङ कम्पनीका विदेशी लगानी आवश्यक छैन। यस्ता कम्पनीमा लगानी गर्न र चलाउन पनि नेपाली आफैं सक्षम छन्।
पर्यटन क्षेत्रमा विदेशी लगानी भित्रिए सेवाको स्तरमा गुणात्मक परिवर्तन आउन पनि सक्छन्। नेपालमा म्यानपावरको समस्या छैन। मार्केटिङ पनि राम्ररी गर्न सक्छ। तर, ग्रामीण क्षेत्रमा ठुलाठुला मेगा परियोजना सञ्चालन गर्न विदेशी लगानी आवश्यक छ। यस्तो अवस्थामा मात्रै हामीले पर्यटन क्षेत्रमा राखेको लक्ष्य पूरा गर्न सक्छौं।
'लिज समय' थोरै राखेको अवस्थामा पनि विदेशी लगानीकर्ता नआउन सक्छन्। अहिले सरकारले लगानी प्रस्ताव गरिरहेको अधिकांश परियोजनको लिज समय ३० वर्ष मात्र राखेको छ। छोटो अवधिको लिजमा ठुला लगानीकर्ता आउँदैन।
पर्यटनको विकासमा आजको आवश्यकता भनेकै पूर्वाधार विकास नै हो।
सरकारले नेपालभित्रकै रुग्ण र बन्द गरिएका उद्योग सञ्चालन गराउन पनि सरकारको ध्यान जानुपर्छ। पर्यटनको विकासमा आजको आवश्यकता भनेकै पूर्वाधार विकास नै हो। हामीलाई अहिले चाहिएको लगानी पनि पूर्वाधार विकासका क्षेत्रमा मात्रै हो। अबको लगानी रिमोर्ट क्षेत्रमै आवश्यक छ। साउथ एसियाकै कुरा गर्ने हो भने हिउँ देख्न खोज्ने र हिमालको काँखामा जान खोज्नेहरू बढी छन्। सरकारले पनि अहिले पर्यटनको क्षेत्रमा लगानी सम्मेलनमा अगाडि सार्न खोजको केही परियोजना यससँग मिल्दोजुल्दो छ। सरकारले पनि हाम्रो ब्रान्ड हिमालय नै हो भनेर प्रोत्सोहन हुने गरी छनोट गरेको छ। यो पर्यटन क्षेत्रका लागि मात्र नभएर समग्र देशकै विकासका लागि स्वागतयोग्य छ।
पूर्वाधार विकास भएको अवस्था हरेक गाउँमा एउटा पर्यटकीय गन्तव्य हुन सक्छ। पर्यटन क्षेत्रमा हामी त पुरानो खेलाडी हो। नेपालको पर्यटनमा १९५३ देखि नै काम गरिरहेका छौं। तर, पर्यटन क्षेत्रमा पूर्वाधार अभावको समस्या छ। सरकारले पूर्वाधार विकास सँगसँगै पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ता भित्र्याउदा नेपाली व्यवसायीको लगानी पनि सुरक्षित गरिदिनुपर्छ।
नेपालको परिवेशमा भन्नुपर्दा जल पर्यटनमा मनसुनले पनि प्रभाव पारेको हुन्छ। सरकारले विभिन्न बहुउद्दश्यीय परियोजनमा पनि काम गरेको बताएको छ। दमौली बहुउद्देश्यीय परियोजना यसको उदाहरण हो। गौतम बुद्ध प्रसुति अस्पताललाई पनि सरकारले पर्यटन स्वास्थ्यसँग जोडेर अगाडि बढाएको छ। यो नेपालको ब्रान्डिङ गर्ने अति उपयुक्त समय हो। यसले विश्वको २५ प्रतिशत बुद्ध धर्मावलम्बीमध्ये ०.१ प्रतिशत बुद्धिष्टलाई आकर्षित गर्न सकेको अवस्था पनि राम्रो हुन्छ। तर, बाहिरबाट लगानी ल्याउँदै गर्दा त्यसले हाम्रो वातावरणलाई असर भने पार्न दिनहुन्न।
पर्यटन क्षेत्रमा हामी त पुरानो खेलाडी हो। नेपालको पर्यटनमा १९५३ देखि नै काम गरिरहेका छौं। तर, पर्यटन क्षेत्रमा पूर्वाधार अभावको समस्या छ।
पर्यटन क्षेत्रका स-साना परियोजनामा लगानी आवश्यक छैन। नेपालको पर्यटन विकासका लागि मेगा परियोजनामा लगानी आवश्यक भएको कुरा त अघि पनि भइसकेको छ। मेगा स्केलमा जुनसुकै परियोजनामा लगानी आउनु स्वागतयोग्य हो। तर, यी सबै कुरा फेरि पूर्वाधारसँग नै जोडिएको हुन्छ।
हाम्रो देशको पर्यटन विकासको मुख्य चुनौती भनकै पूर्वाधार क्षेत्र हो। हाम्रा पर्यटकको वृद्धिदर पनि सन्तोषजनक छैन। हामीले यो सम्मेलन सफल पार्न सहयोग गर्नुपर्छ। सानातिना खोट भएपनि कोट्याउन भन्दा न्यूनीकरण गर्नतर्फ लाग्नु पर्छ। सरकारले यो लगानी सम्मेलनबाट हामीलाई के आउँछ त्यसको आँकलन गर्नुपर्छ। तर, अब पछि हुने लगानी सम्मेलनमा भने पहिलेका कमीकमजोरीका विषयमा बहस गरी फेरि नदोहोरिने अवस्था सिर्जना गर्नै पर्छ। दोस्रो कुरा सम्मेलनले वास्तविक अवस्थामा के-कति सुधार गर्न सफल भयो र अब बाँकी के मा सुधार गर्न आवश्यक छ भनी निर्क्योल हुनैपर्छ।
नेपालमा काम गरिरहेका विदेशी लगानीकर्ता तथा ठेकेदार किन बीचमै काम छोडेर भागिरहेका छन् त्यसको पनि निर्क्यौल गर्नुपर्छ। पर्यटनले नै सबै नेपाली जनतालाई मज्जाले पाल्छ। पर्यटनको विकास नै देश विकासको आधार हो।
बसन्त मिश्र टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।