एजेन्सी- हलिउडकी चर्चित गायिका सेलेना गोमेज मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेकी छन् । पछिल्लो समय गायनको दुनियाँबाट पर रहेकी उनले प्रत्यारोपणपछि पहिलो पटक अन्तर्वार्ता दिएकी छन्।
अन्तर्वार्ताका क्रममा उनले प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र आफू एकदम स्वस्थ रहेको बताएकी छन्।
सेलेनाले यसै वर्षको गर्मीयाममा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । उनलाई फ्रान्सिया राइसा नाम गरेकी उनकै साथीले मिर्गौला दिएकी थिइन् । शल्यक्रियापछि सेलेनाले मिर्गौलादाता साथीसँग हात समातेर खिचाएको फोटो सेप्टेम्बर १४ मा इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।

ती साथीबारे कुरा गर्दै उनले आफ्नो जीवन बचाउने श्रेय साथीलाई दिएकी छन् । २५ वर्षीया सेलेना सन् २०१५ देखि 'लुपस' नामक रोगका कारण थलिएकी थिइन्।
आफ्नो रोगबारे कुरा गर्दै उनले भनेकी छन्, 'यो जीवन मृत्यु जस्तै थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।