काठमाडौं– नेपाल एथलेटिक्स संघले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई मंगलबार सम्मान गरेको छ।
एथलेटिक्स संघले अजितलाई टीभीएस मोटरसाइकल प्रदान गर्यो। प्रशिक्षक धनीराम चौधरीलाई नगद १ लाख प्रदान गर्यो। चौधरी भने सहोदर दाइको निधनका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहे। अजितलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मोटरसाइकलको साँचो हस्तान्तरण गरे।
सोही अवसरमा नविल बैंक, गोल्डस्टार, रुसलान, गोल्छा अर्गनाइजेसन र होटल अन्नपूर्णले मासिक १२ हजारका दरले जम्मा ६० हजार रुपैयाँ १ वर्षसम्मका लागि अजितलाई प्रदान गर्ने घोषणा गरेका थिए। जसको कुल रकम ७ लाख २० हजार हुन आउँछ। साथै अन्नपूर्णले १ वर्षसम्मका लागि पौडी र जिमको सुविधा निःशुल्क उपलब्ध गराउने पनि प्रतिबद्धता जनायो। उक्त सुविधा वार्षिक २ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।