complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'बोल्ड' रेखा भन्छिन्- 'बस्, मात नलागोस्'

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १४:२२
1140x725

काठमाडौं- धेरै मान्छेलाई अभिनेत्री रेखा थापा बोल्ड लाग्छ। कतिलाई रेखा अवसरवादी। रेखा स्वयंलाई भने यो मानिसको आ-आफ्नो बुझाइ र मूल्यांकन लाग्छ। रेखाको नजरमा को मान्छे कस्तो बन्छ? बन्ने कुरा त्यो मानिसको परिस्थिति र त्यसबीचमा उसले लिने निर्णयले फरक पार्छ।

रेखा भन्छिन्, 'अहिले आफूलाई फर्केर हेर्दा मेरो चुनौतीसँग भिड्ने र सामना गर्न नडराउने बानीले आजकी रेखा थापा बनेकी हो जस्तो लाग्छ।'

१५ वर्षसम्म नेपाली रजतपटमा सर्वाधिक सफल अभिनेत्रीका रूपमा टिकिरहनु सानो कुरा होइन। अझ हिरोइनका लागि त्यो एउटा सजिलो बाटो होइन।

९ महिना आमाको कोखमा बसेपछि मान्छेले संसारको मुख देख्न पाउँछ। तर, रेखाले त्यसका लागि करिब १० महिना कुर्नुपर्‍यो। ९ महिना कट्दा उनको जन्म भएन। आमा सरस्वती थापा गर्भमा रहेको सन्तान नजन्मिएपछि घरमै थला परिन्। अन्ततः अस्पताल लगेपछि मात्र उनको जन्म भयो।

उनी जन्मेपछि गाउँका मान्छेले कुरा गरे, 'यो त जब्बरै रहिछे। धर्तीमा आउनै मानिन। यो सानोतिनो लेखान्त लेखेर जन्मिएकी छैन।'

***

'शैक्षिक सत्र नयाँ समयबाट सुरू हुने भएकाले त्यो वर्ष हामीले ३-४ महिना बढी पढ्नुपर्‍यो। मलाई अल्छी लागिरहेको थियो। त्यही बेला पहिलो मिस कोसीको आह्वान भयो,' अहिलेकी सुपरस्टार रेखाले आफ्नो विगत कोट्याइन्, 'त्यो भन्दाअघि मलाई सुमी खड्का मिस नेपाल बनेको सम्झना छ। त्यो देख्दा म पनि मिस नेपाल हुन्छु भनेर कल्पना गर्थें। त्यही कल्पनाले होला मैले तिहारमा प्रयोग हुने झिलझिले मालाको क्राउन बनाएर टाउकोमा लगाएको थिएँ। त्यो लगाएर खिचेको फोटो अझै मसँग छ।'

रेखाले 'मिस कोसी'मा भाग लिने निर्णय लिइन्। त्यो बेला पनि उनलाई नजिककाले उडाए, 'त्यस्ता-त्यस्ता राम्रा मोडलले भाग लिने प्रतियोगितामा यो काली फुच्चीले भाग लिने?' उनको मनमा सबलाई 'देखाउँछु' भन्ने अठोट थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनले मिस कोसीमा आवेदन दिइन्। त्यसका लागि एसएलसी पास हुनुपर्ने एउटा मापदण्ड बनाइएको थियो। ९ कक्षामा पढ्ने केटीको आवेदन लिन नमिल्ने कुरा आयोजक मध्येका एक प्रमोद ढकालले बताए। जब ब्युटी कन्टेस्टमा एसएलसीको रेखा कोरियो, रेखाको बोल्ड चरित्र देखापर्‍यो। उनले जवाफ फर्काइन्, 'सर्टिफिकेटले मात्र सब कुराको निर्धारण गर्न मिल्दैन।'

एउटी फुच्चीको 'कन्फिडेन्ट'ले ढकाल अवाक् भए। उनले प्रतियोगितामा एसएलसी उत्तीर्णको जिद छोडेर रेखाको अनुहारमा हेरे अनि 'ओके' भनिदिए।

'त्यतिबेला पहिलो पटक भएकाले होला सहभागीलाई मध्यनजर गर्दै मलाई अनुमति दिइयो। सबै प्रतियोगी मभन्दा ठूला थिए। म त भाग लिन पाएकोमा नै फुरूङ्ग नि,' रेखा करिअरको पहिलो खुट्किलोको कथा सुनाउँदै मुसुक्क हाँसिन्।

त्यो प्रतियोगितामा भाग लिने कुरामा रेखाका बाबुको सहमति थिएन। बाबुले सानै छे भनेर मानेका थिएनन्। तर आमाले सहमति जनाइन् र फाराम भरिदिइन्। यसका लागि बाबुआमाको झगडा नै पर्‍यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'मेरो हिरोइन बन्ने चाहनामा ममीको कहिले पनि समर्थन थिएन, तर मिस कोसीमा भने उहाँकै कारण म सहभागी भएँ। पैसा थिएन, तर सबै ममीले नै मिलाइदिनुभयो,' आखिर कलिली रेखाको बोल्ड डिसिजनले उपाधि नै दिलायो।

'मिस कोसीको ताज पहिरिएर आएपछि भने बुबा खुसी हुनुभयो,' उनले भनिन्, 'तर, प्रतियोगिता हुने दिन मैले बाबु-आमालाई त्यहाँ आउनै दिइनँ।'

'म एक्लो योद्धा हुन चाहन्थेँ। सबै साथीका अभिभावक त्यहाँ थिए। मेरो बानी नै त्यस्तै। स्कुलको अभिभावक दिवसमा समेत मलाई बुबा-आमा नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो,' उनले थपिन्, 'म उहाँहरूको उपस्थितिमा फुरुङ्ग परेर काम नबिग्रियोस् भन्ने सोच्थेँ। म हार्दाको रोदन र जित्दाको हाँसो दुवै देखाउन चाहन्नथेँ। म जितेर, मैले यो गरेँ है भनेर देखाउने नेचरको केटी थिएँ। मिस कोसीमा पनि मैले त्यही सोचेर आउन दिइनँ। पछि साथीहरूको रोनाधोना हेरेपछि ठिक गरेँछु भन्ने लाग्यो।'

त्यसपछि रेखाले मिस नेपालमा सहभागिता जनाइन्। टप १० मा पुगेर उनको मिस नेपालको टाइटल जित्ने सपना रोकियो।

***

रेखाको नजरमा मिस कोसीविरूद्ध परिस्थितिका बीच भाग लिने निर्णय जस्तै बोल्ड निर्णय मिस नेपालको सहभागितापछि फिल्म खेल्ने निर्णय लिने बेलामा रह्यो। मिस कोसी बेलाको निर्णय एउटा मैदानमा छिर्नुअघि खेलाडीले गर्ने 'वार्मअप' जस्तो मान्छिन् उनी।

त्यसपछि उनीसँग दुई वटा विकल्प थिए। एयर होस्टेज बन्ने या हिरोइन हुने? उनले एयर होस्टेजका लागि आवेदन दिइन्। उनको नाम वैकल्पिकमा निस्कियो। उनी सिकार भइन्, आफ्नै ओभर कन्फिडेन्सको ।

किन?

'लाग्थ्यो, म जे पनि जित्छु। सबेले राम्री भनेर फुर्क्याएका थिए। टपटेनमा सीमित भएँ। उमेरको अनुभवको दोषले त्यस्तो भयो।'

हुन पनि हो। मिस नेपालमा उनलाई प्रश्न सोधिएको थियो: '२१ औं शताब्दीमा महिलाको भूमिका के हुनुपर्छ?'

'मैले बोलेको ठिक थियो तर भाँती पुगेन। खासमा म २१ औं शताब्दीमा महिला पुरूष काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ। नेतृत्व क्षमताको विकास हुनुपर्छ भन्ने आशय थियो तर भनेको मिलेन। टप टेनमा रोकिन पुगेँ। कन्फिडेन्स पुगेन।'

एयर होस्टेज र हिरोइनमध्ये के हुने भन्नेमा उनी दोधार थिइन्। एयरलाइन्सले ट्रेनिङका लागि बोलाएपछि उनले रातभर सोचिन्। ममीको चाहना छोरी जागिर खाओस्, हिरोइन नबनोस्। उनलाई यो पनि ठिकै लागेको थियो। उनलाई अर्को तर्कना पनि आयो। 'ममीका लागि मेरो सपना किन ल्याङ हानूँ?' त्यो रात अनेकन कुराहरू मनभित्र उठे, जुर्मुराए के गर्ने कसो गर्ने भनेर। अन्तत: मन मस्तिष्कले भन्यो, हैन, उमेर छ ४-५ वर्ष हिरोइन बनूँ राम्रो भयो भने भइहाल्यो उमेर छँदैछ। जागिर त पछि खाऊँला,' उनी भन्छिन्।

उनले निर्णय गरिन्, 'हिरोइन बन्छु।' विदेश जाने अफरलाई पनि नमस्कार गरेर बिदा भइन्, हिरोइन बन्ने पक्का भयो। यो पनि रेखाको नजरमा जीवनमा लिइएको अर्को बोल्ड निर्णय थियो। किनकि मनले भने पनि हिरोइन बन्नु त्यति सजिलो कहाँ थियो र?

***

हिरोइन बन्ने निर्णयपछि उनको अर्को बोल्ड डिसिजन विवाहको थियो। उमेरमा आफ्ना बुबाभन्दा जेठासँग विवाहको निर्णय लिनु एउटी अपरिपक्व केटीका लागि सहज कहाँ हुन्थ्यो र? तर उनले निर्णय गर्नैपर्थ्यो। हिरोइन बन्ने निर्णय जो लिइसकेकी थिइन्।

फिल्म उद्योगमा हिरोइनका अनेक बदनामका किस्साहरू मसहुर हुन्थे। उनले चलेकी हिरोइनको त्यस्तै किस्साहरू सुनिन्। अखबारका पानाहरू ती चल्तीकी टप हिरोइनका किस्साले भरिएका हुन्थे। रेखालाई लाग्यो- हिरोइन हुनु कठिन रहेछ। साराका सारा पुरूषहरू मिलेर खेद्ने। त्यतिमात्र होइन, सूचनाको सूचक पत्रिकामा पनि हिरोइनका बदनामीले भरिने? रेखालाई यी सबसँग गम्भीर आपति थियो। यो हेपाइ उनलाई ठिक लागेन। अखबारका पानामा उनले ती हिरोइनलाई मात्र होइन भोलिका दिनमा आफू पनि हुन सक्ने देखिन्, जुन उनलाई कदापि स्वीकार्य थिएन।

'अखबारमा आएका ती कुरा मैले त पत्याइनँ तर आमपाठक सबैले यो बुझ्न सक्दैनथे। मेरो पनि कलिलो दिमाग थियो। यी सब गलत हुन् भन्ने थाहा हुँदाहुँदै पनि उमेर र अन्य कारणले मान्छे दबिँदो रहेछ। भोलि मलाई पनि यस्तै हुँदा बुबा, मेरो परिवार, आफन्त, शुभचिन्तकलाई त राम्रो हुँदैन, ठेस पुग्न सक्छ,' गम्भीर हुँदै उनी भन्छिन्, 'ती कुरा भोलिका दिनमा नआउन् भन्नका लागि लिएको निर्णय थियो।'

हुन पनि एउटी नारीका लागि विवाह सानो कुरा होइन। यसका आफ्नै परिधि र जिम्मेवारी हुन्छन्। यिनै कुराहरू सोचेर रेखाले विवाहको लागि 'ओके' गरिन्।

'मलाई त्यो बेलाको एकएक चिज याद छ। मैले गरेको त्यो निर्णयबारे अरुबाटै धेरै कुरा सुनेँ। मेरो लेखान्तमा सायद त्यही थियो। १० वर्ष त्यो सम्बन्धलाई मैले निरन्तरता दिएँ। त्योभन्दा अगाडि लान सकिनँ। त्यसलाई अन्त्य गर्ने निर्णय पनि कठिन थियो तर मैले गर्नैपर्थ्यो,' त्यो नै रेखाको अर्को बोल्ड डिसिजन थियो।

विवाह गर्दाजस्तै अनेक कुरा टुङ्ग्याउँदा पनि सुनेको नसुन्यै गरिन् उनले। सबै प्रश्नको उतर दिइराख्नु आवश्यक छैन भन्ने उनलाई जीवनले सिकाइसकेको थियो। किनकि धेरै प्रश्न अल्झाउनका लागि सोधिन्छन्। अगाडि हिँड्नुपर्ने बाटो अझै बाँकी थियो। उत्तर दिनका लागि रोकिने समय थिएन।

'सात जुनीसम्म साथ दिन्छु भनेर गरेको विवाह टुङ्ग्याउने अवस्थामा किन एउटा नारी पुग्छे? जजसलाई परेको छ, उसैले बुझ्छ। सम्बन्ध, त्यसमाथि विवाहजस्तो सम्बन्ध मानिसले त्यसै टुङ्ग्याउँदैन,' उनी अलि भावुक बन्छिन्, 'म त्यो घरबाट खाली हात निस्केको थिएँ। निस्कँदा लाएको लुगाबाहेक मसँग केही थिएन।'

अनि सानै उमेरमा विवाहको निर्णय लिएकी रेखासँग कुनै 'ड्रिमब्वाई'को सपना थिएन त?

'धेरैलाई पत्यार लाग्दैन होला, मसँग ड्रिमब्वाईको कुनै तस्बिर थिएन,' उनैले प्रस्ट्याइन्, 'सुटिङमा जाँदा त बुबाले नुहाइदिएर पठाउनुहुन्थ्यो। ती कुरा मेरा मनमा कताबाट आउनु? विवाहपछि त बनाउनै परेन।'

***

फिल्म क्षेत्रमा पनि उनका सामु चुनौतीका पहाड उभिइराखे। चलिआएका मान्यता तगारा बन्थे। रेखालाई ती मानक भत्काउनुपर्थ्यो किनकि ती विभेदी थिए, त्यसैले अगाडि बढ्न संघर्ष गर्नुको विकल्प थिएन।

'सहज ढंगले केही पाइनँ। नितान्त म मेरो कर्मले नै टिकेकी हुँ। फिल्म क्षेत्रमा पुरूषहरूको दबदबा भएको समयमा म आएँ। त्यो समयमा महिलाहरूलाई ह्युमिलेट नै गरिन्थ्यो,' महिला कलाकार हुनुको समस्याबारे उनी भन्छिन्, 'महिला कलाकार सुटिङका लागि चाँडै पुग्थे भने स्टार भनिएका पुरूष कलाकार आफ्नो हिसाबले आउँथे। मलाई यो सह्य थिएन, मैले आवाज उठाएँ। पारिश्रमिकका कुरा नै किन नहून्।'

रेखाको यो विद्रोहमा पुरूष कलाकार त विपक्षी भए नै महिला कलाकार साथी पनि उनको पक्षमा भएनन्।

उनीहरू भन्थे, 'यो किन जान्ने भएकी।'

रेखाको बुझाइमा उनीहरू पहिलेकै शैलीमा अभ्यस्त भइसकेका थिए। उनी आफ्नो हक्की स्वभावका कारण उनीहरुसँग मिसिनै सकिनन्।

'यो स्वभाव मेरो रगबाटै आएको हो, मलाई कुनै पुरूषले हेपेको मन पर्दैन,' आफ्नो स्वाभिमानप्रति उनी उत्तिकै अडिग छिन्, 'महिलासँग सम्मानसाथ बोल्नुपर्छ भन्ने विचार बोकेकी मान्छे हुँ। सुटिङमा जसरी एउटा पुरूष पात्रलाई सम्मान गरिन्थ्यो, म त्यही नै चाहन्थेँ। किनकि दुवै कलाकार बराबर हुन्। त्यसको सुरूवात मैले गरेँ।'

रेखाको यो स्वभावले उनले दुस्मन नै धेरै कमाइन्। युनिटमा बराबरीको लडाइँका लागि उनले प्रोडक्सन म्यानेजरलाई समेत कुटिन्।

'राति अबेर २ बजे सुटिङ सकियो। घर फर्किनका लागि प्रोडक्सन म्यानेजरले सुटिङको भ्यानमा पुरूष कलाकार साथीलाई पहिले घर जाने व्यवस्था मिलाएका रहेछन्। उहाँलाई भ्यानमा एक्लै जानुपर्ने बानी रहेछ। म चाहिँ ट्याक्सीमा जानुपर्ने भएपछि आपत्ति जनाएँ, उनी त्यो क्षण सम्झिन्छिन्, 'रातिहुँदो एउटी केटीमान्छे ट्याक्सीमा जान ठिक थिएन। भ्यानमै जान्छु भन्दा उनले आलटाल गरे। मलाई रिस उठ्यो। मैले दुई झापड लगाइदिएँ। र, भ्यानमा घर फर्किएँ। पुरूष साथीहरु ट्याक्सीमा फर्किनुभयो।'

पहिलेका फिल्म पोस्टरमा मा हिरोइनका फोटो कुनामा अटाइएका हुन्थे। हिरोको झन्डै पोस्टर ढाक्नेगरी। त्यसमा पनि उनले विद्रोह गरिन्।

***

त्यतिबेलाका हिरोइनहरु फिल्ममा दु:खको पहाडले थिचिएकी, आँसुका धारा बगाउने भूमिकामा रहेर हिट हुने सपना देख्थे। उनलाई त्यसो गर्नु थिएन। पर्दामा पनि 'बोल्ड' हुने चाहना उनमा थियो।

धेरैलाई लाग्छ- छवि ओझाले नै रेखालाई पर्दामा बोल्ड बनाउने काम गरे। तर, उनमा रहेको बोल्डनेसलाई पर्दामा उतार्ने काम शोभित बस्नेतले 'दुर्गा' फिल्मले गर्‍यो।

यो पनि नयाँ सुरूवात थियो। यसअघि केही फिल्ममा उनले प्रयास गरेकी थिइन्, जसले निरन्तरता पाउन सकेन। ती गर्तमै हराइगएका थिए।

'महिलाले मात्र रूनुपर्छ, पुरूषले रूनै हुँदैन भन्नेमा मलाई विश्वास थिएन। निरूता दिदी रूनेधुने भूमिकामा चलिरहनुभएको थियो। मलाई त्यस्तै गरेर अघि बढ्नु थिएन,' केही फरक गर्ने चाहना उनमा त्यो बेला नै थियो।

फिल्ममा गरिने रेखाको भूमिकालाई लिएर महिला साथी पनि असहमत थिए। धेरैले 'कहाँ चल्छ हिरोइनको फाइटवाला फिल्म?' भनेर उनको खिल्ली समेत उडाए। 

'त्यतिखेर उफ्रिने उड्ने हिरोको बोलबाला थियो। धेरैले मलाई फिल्म चल्दैन भनेर हतोत्साहित बनाउन खोज्थे,' उनी सम्झिन्छिन्, 'फिल्म रिलिज भयो। हिरोको फिल्मलाई पछार्दै मेरो फिल्मले सय दिन मनाएपछि सबैले जवाफ पाए।'

त्यसपछि नै रेखा आफै निर्माता बनेर 'हिम्मत' फिल्म बनाइन्।

त्यसपछि हिरोइन रेखा 'हिरो' भइन्। हिरोले हिरोइन होइन। हिरोइनले हिरो रोज्न थालिन्।

यो त रेखाको सुरूवात थियो। एउटी अभिनेत्री हिरोलाई च्यालेन्ज दिन आइपुगेकी थिइन्। अनि सुरू भयो इन्डस्ट्रीबाट आउट गर्ने खेल। फेरि एकपटक रेखाले बोल्डनेस देखाउनुपर्ने भयो। चुनौतीबाट भाग्ने बानी जो थिएन।

'म विरूद्ध एउटा झुण्ड नै लाग्यो। म भने त्यसलाई आफ्नो विजयको रूपमा हेर्न थालेँ। म रोएँ पनि। एक-दुई वटा फिल्मबाट मलाई निकालियो पनि। आफैलाई सोध्थेँ- मभन्दा ठूला मान्छे म जस्ती सानी केटीविरूद्ध किन?' जीवनका मोडमा आइपरेका जटिलतालाई उनी सरसर्ती व्याख्या गर्छिन्।

त्यो समय छवि उनीसँग थिएनन्। उल्टो गाली खाइन्- बढी जान्ने भएको, किन मुख छुच्चो गरेको भनेर।

अन्तत: रेखा एक्लै परिन्। कसैको आडभरोसा भएन। लागिन् एक्लै लड्न। किनकि हार्ने उनको स्वभाव थिएन।

'म चाप्लुसी गर्न जान्दिनथेँ, त्यो मेरो स्वभाव नै थिएन,' आँटिली रेखा सुनाउँछिन्, 'लाग्यो, म यति ठूली भइसकेछु। नत्र यत्रा ठूला मान्छे म विरूद्ध किन?'

उनको 'हिम्मत' फिल्म रिलिज भयो। फिल्म सुपरडुपर हिट भयो। यसअघि हिरोविरूद्ध बोलेपछि रेखालाई नहटाई फिल्म नगर्ने अडान लिएका निर्माता केशव भट्टराई रेखालाई नै 'देवरबाबु' फिल्मको प्रस्ताव लिएर आए।

केशवले भने, 'हैन नानी, हिरोइन त तँ नै हो। बरू भन हिरो को लिने?'

रेखाले भनिन्, 'विराज भट्ट।'

फिल्म सुपरडुपर हिट।

त्यसपछि रेखाको बोली नै निर्णायक हुन थाल्यो। फिल्मका हिरो उनको रोजाइका हुन थाले। फिल्मका लागि उनले घोडचढी, बन्जीजम्प इत्यादि जेजे गर्नुपर्थ्यो सब सिकिन्, गरिन्। 

रेखाले यो यात्रामा कहिल्यै नजर बंग्याइनन्, फाइदाको नाममा बांगोलाई कहिल्यै सोझो भनिनन्। यसैले उनलाई बोल्ड बनायो।

'एउटा हुन्छ समर्पण, अर्को हुन्छ आत्मसमर्पण। म काममा समर्पित भएर लक्ष्य पाउन चाहने मान्छे हो। तर आत्मसमर्पण गरेर मलाई जित्नु र पाउनु केही छैन। लडेरै-भिडेरै-जितेरै लिने हो आफ्नो मेहनतको फल। यसमा मैले केही नराम्रा उपमा पाएछु भने पनि मलाई कुनै विस्मात् हुने छैन,' भन्छिन्, 'बस्, मात नलागोस् यही मेरो चाहना हो।'

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्