जुम्ला – यहाँका ११० ज्येष्ठ नागरिकलाई सोमबार कोरियाली कम्बल वितरण गरिएको छ।
चन्दननाथ नगरपालिकाका १०० र नगरपालिका बाहिरका १० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो। नगरपालिका, जिल्ला समन्वय समिति (जिसस) र महिला तथा बालबालिकाका कार्यालयको सहयोगमा कम्बल वितरण गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जानकारी दिए।
जिससका प्रमुख लालबहादुर सार्की र नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले संयुक्त रुपमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।