काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको छ।
बैठकले २०७५ चैत मसान्तभित्र प्राप्त भएका उजुरीहरुमाथि मात्रै छानबिन गरिने निर्णय बैठकले गरेको छ।
'पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम कारबाही र गतिविधि गरेको भएमा त्यस्ता काम कारबाही र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानबिन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ', निर्णयमा भनिएको छ।
आजको बैठकले अनुशासन समितिको कार्यविधि पनि पारित गरेको छ।
नेपाली कांग्रेसको गत चैत चार गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो। भोलिपल्ट, पुन बसेको बैठकले समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरी पूर्णता दिएको थियो।
यो पनि पढ्नुहोस्– कांग्रेसमा अनुशासन समितिले पूर्णता पायो, निर्वाचन र नियमावली मस्यौदा समिति गठन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।