काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्रीको जिल्लामा बढी बजेट छुट्याउन लागिएको भन्दै आपत्ति जनाएका छन्।
संघीय संसदकाे प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिकाे बैठकमा बोल्दै रायमाझीले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी झापा, त्यसपछि रुपन्देही, चितवन र दाङ जिल्लामा बढी बजेट छुट्याउने तयारी भएको आरोप लगाएका छन्।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको तथा चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को गृह जिल्ला हाे।
रायमाझीले केन्द्रीय नेताहरुले पहुँचकाे आधारमा आगामी आवको बजेट 'सिलिङ' गर्दा आफ्नै जिल्लामा मात्र धेरै बजेट पार्न खोजेको दाबी गरे। 'पहुँचवालाले बजेटमा हालिमुहाली गर्न खोजिरहेका छन्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।