एजेन्सी– युरोपियन च्याम्पियनसिप छनोटको समूह 'ए' को खेलमा इंग्ल्यान्डले सानदार जित हात पारेको छ।
इंग्ल्यान्डले सोमबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ५–१ ले हराएको हो। मोन्टेनेग्रोका लागि भेसोभिकले १७ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए। तर इंग्ल्यान्डमा खेलमा फर्कियो। उसका लागि किनले ३० मिनेटमा बराबरी गोल फर्काए।
बार्क्लीले ३८ मिनेटमा गोल गरेर अग्रता दिलाए भने ५९ मिनेटमा तेस्रो गोल गरे। ह्यारी केनले ७१ मिनेटमा अर्को गोल थपे। रहिम स्टर्लिङले ८० मिनेटमा इंल्यान्डका लागि पाँचौ गोल गरेका थिए। समूहमा इंग्ल्यान्डले लगातार २ खेलमा जित हात पारेको छ। यहि समूहको अर्को खेलमा कोसोभो र बुल्गेरियाले १–१ गोलकव बराबरी खेलेका छन्।
यता समूह 'बी' को खेलमा पोर्चुगललाई सर्वियाले १–१ को बराबरीमा रोकेको छ। सर्वियाले खेलको सातौ मिनेटमा टाडिकको पेनाल्टी गोलबाट अग्रता लियो। तर ४२ मिनेटमा डानिलोले बराबरी गोल फर्काए। खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले घाइते भएका थिए। उनी खेलको ३१ मिनेटमा हामस्ट्रिङको समस्याबाट ग्रसित भएका थिए। त्यसपछि उनको स्थानमा अल्फन्सो फ्रर्नान्डेज मैदान प्रवेश गरेका थिए।
समूह 'एच' को खेलमा फ्रान्सले आइसल्यान्डलाई ४–० ले हरायो। फ्रान्सका लागि उम्टिटीले १२, ओलिभर जिरुडले ६८, केलियन एमबाप्पेले ७८ र एन्टोनी ग्रिजम्यानले ८४ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।