काठमाडौं– कुवेतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। सोमबार कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टिमले १–० गोलले पराजित गरेको हो।
कुवेतको जितमा मिनेटमा युसेफ नासेरले पेनाल्टीबाट गोल गरेका थिए।
खेलमा नेपालले कुवेतका दर्जन प्रहरालाई विफल पारेको थियो। खेलमा अनिल लामाले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनी पहिलो रोजाइमै परेका थिए।
यसअघि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो।
नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एशिया कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो।
मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेलेको हो। फिफा बरियतामा कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ। नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८औँ स्थानमा रहेको छ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।