काठमाडौं- नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन्।
हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ गुरुङले कास्य पदक जितेको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिए।
स्पर्धा ५८ किलोमुनि तौल समूहको सेमिफाइनलमा घिसिङ चीनका सिकोम किम्पोसँग ९–४ अङ्कले पराजित भए। उनले प्रिक्वार्टरफाइनलमा सिङ्गापुरका नोचाम्बो लिकाओलाई ९–७ अङ्कले तथा क्वार्टरफाइनलमा मङ्गोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ अङ्कले पराजित गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।