मुम्बई (एजेन्सी)– बलिउडमा सेलिब्रिटी छोरीहरुको चर्चा एक्कासी चुलिन थालेको छ। पहिले श्रीदेबीकी छोरीहरु जाह्नवी र खुसी कपुरको चर्चा सेलाउन नपाउँदै शाहरुख खानको छोरी सुहानाको पनि चर्चा चलेको थियो। यस्तै, सैफ अली खानको छोरी सारा अली, काजोलकी छोरी न्यासा देवगन, अक्षय कुमारको छोरी नितारासँगै चंकी पाण्डेको छोरी अनन्याको चर्चा पनि अहिले बलिउडमा भइरहेको छ।
अनन्या पाण्डे सोमबार मात्र १९ वर्षमा प्रवेश गरेकी छिन्। बलिउडमा उनको परिचय स्टाइलिस र चर्चित स्टार छोरीको रुपमा हुने गरेको छ। छोरीको जन्मदिनमा चंकी पाण्डे र आमा भावनाले एउटा तस्बिर पनि सार्वजनिक गरेका छन्।
साहरुख खानकी छाेरी अगाडि, बीचमा चकी पाण्डेकी छाेरी, कालाे टिसर्टमा सजय कपुरकी छाेरी।
सन् १९८७ मा पहलाज हिलानीको फिल्म ‘आग हि आग’ बाट बलिउडमा डेव्यु गरेका चंकीले ८० वटा फिल्ममा अभिनय गरेका छन्। उनको विवाह १९८८ मा भएको थियो। उनको दुई वटा छोरी अनन्या र १४ वर्षीया रयासा छन्। दुबै आफ्नो अध्ययनमा व्यस्त छन्।
अनन्या प्रायः शाहरुख खानको छोरी सुहानासँग देखिने गरेकी छिन्। अनन्या, सुहाना र संजय कपुरको छोरी शनाया एकदमै मिल्ने साथी हुन्। प्रायः यी तीन जनै डिनर पार्टी, फिल्म हेर्न छुट्दैनन्।
अनन्या सोसल मिडियामा अहिले नै सेलिब्रिटी बनिसकेकी छिन्। इन्स्टाग्राममा प्रायः उनी आफ्नो तस्बिर सार्वजनिक गर्ने गर्दछिन्। उनको इन्स्टाग्राम अकाउन्ट प्राइभेट छ। तर, उनको परिवारले उनको तस्बिर सोसल मिडियामा पोस्ट गरिरहेका हुन्छन्।
अनन्याको रुपको फिल्म निर्देशिका फराह खान कायल छिन्। २०१७ मा आमा भावनाले अनन्याको निकै राम्रो तस्बिर सार्वजनिक गरेकी थिइन्। यसपछि फराहले कमेन्ट गरेकी थिइन्, ‘कृपया यसको डिएनए टेस्ट गर्नु पर्यो...चंकी पाण्डेको छोरी यति राम्री..।’
बुवा जस्तै अनन्याको सौख पनि बलिउडमा काम गर्ने रहेको छ। उनी छिट्टै फिल्ममा आउन सक्ने सम्भावना पनि छ। सलमान खान र चंकी पाण्डे निकै मिल्ने साथी हुन्। त्यसैले एक पल्ट खबर पनि आएको थियो, अनन्या सलमान खानको प्रोडक्सन हाउसबाट बन्ने फिल्म मार्फत फिल्ममा उत्रिँदैछिन्।
पढाई सिध्याएपछि उनी फिल्ममा प्रवेश गर्दैछिन्। यसको लागि उनले मेहनत गरिरहेको बताइएको छ। उनी अहिले फिटनेश, अभिनय र डान्सिङको कक्षा लिइरहेको छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।