काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादललालाई केपी बादल कम्पनीको संज्ञा दिँदै सामाजिक फाँसीवादतर्फ पतन भएको बताएको छ।
पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो संज्ञा दिएका हुन्। 'केपी-बादल कम्पनी सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ,' विज्ञप्तिमा भनिएको छ, ' हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध र पछिल्लो समय नेता कार्यकर्ताको गिरफ्तार फासिवादको भद्दा नमूना हो।'
पार्टीका कोशी ब्युरो संयोजक धनश्याम श्रेष्ठ र ब्युरो सदस्य माधव गौतमलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको समेत पार्टीले बताएको छ।
'गिरफ्तारीको पार्टी घोर भर्त्सना र निन्दा गर्दछ,' विरहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिकएको छ। गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विप्लव समूहले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।