काठमाडौं- पूर्व उद्योग मन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले गर्न लागेको लगानी सम्मलेनमा प्रस्तुत गरिने परियोजना हचुवाको आधारमा तयार गरेको आरोप लगाएका छन्।
नेपालको सरसफाई गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नु हास्यास्पद भएको उनको भनाइ थियो। 'सरसफाई गर्ने विषयमा विदेशी लगानीकर्ता ल्याउने/ नल्याउने बहस हुनुपर्छ,' उनले टिप्पणी गरे।
विदेशी लगानीकर्ता भित्र्याउन सरकार गम्भीर नभएको उनले आरोप लागाए। नीतिगत सुधार गरी लगानी मैत्री वातावरण बनाउन यथोचित पहल नभएको उनले औँल्याए।
२०७३ को फागुनमा भएको लगानी सम्मलेनका संयोजक समेत रहेका जोशीले कम्युनिस्ट सरकारको 'वाद'ले विदेशी लगानीकर्ता हच्किएको आशंका गरे।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले राजधानीमा गरेको कार्यक्रममा सरकारले गर्न लागेको लगानी सम्मलेनमा विगतको अनुभवबाट शिक्षा नलिएको बताए।
लगानी सोचेमुताबिक भित्रिन नसकेको कारण पहिल्याउन नखोज्नु सरकारको कमजोरी भएको उनो भनाइ थियो।
लगानी प्रतिबद्धता हुने तर लगानी नभित्रने कारणको खोजी गर्न उनले सरकारलाई सुझाए।
विदेशी लगानीकर्तालाई नीतिगत सहजीकरण गर्न सरकारले पहल नगरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।