काठमाडाैं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढ्दै गएको, विकास खर्चसमेत लक्ष्यअनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख भएको बताएका हुन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको एक वर्षे कार्यकालबाट जनतासमेत सन्तुष्ट हुन नसकेको दाबी पनि गरे। संयोजक भट्टराईले जनताको अपेक्षाअनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको पनि बताए।
संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको पनि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।