एजेन्सी- फिल्मलाई सिर्जनात्मक विधा मानिन्छ । सिर्जनशीलताको कुशल प्रयोग फिल्ममा हुनुपर्ने गुण हो । तर, आजकाल फिल्ममा सिर्जनशीलता कम, साभार बढी हुन थालेको छ । चर्चा र कमाइका हिसाबले अब्बल साबित बलिउड फिल्म 'पीके' देखि 'बाहुबली' ले समेत हलिउड फिल्मबाट पोस्टर फोटोकपी गरेका छन्।
हलिउडबाट पोस्टर कपी गर्ने १२ बलिउड फिल्म यस्ता छन्:
बाहुबली
'बाहुबली'ले हलिउड सिनेमा 'साइमन बिच'बाट पोष्टर कपी गरेको थियो।
पीके
आमिर खान अभिनीत 'पीके' फिल्मको पोस्टर पोर्चुगलका संगीतकार क्विम ब्यारिएरको एल्बमको कभरबाट कपी गरिएको थियो । त्यो पोस्टर सन् १९७३ मा सार्वजनिक भएको थियो।
फ्यान्टम
सन् २०१५ मा कबिर खानले बनाएको फिल्म 'फ्यान्टम'को पोस्टर चर्चित भिडियोगेम 'होमफ्रन्ट'को पोस्टरबाट कपी गरिएको थियो।
अन्जाना अन्जानी
रनवीर कपुर र प्रियंका चोपडा अभिनीत फिल्मको पोस्टर हलिउड फिल्मबाट दुरुस्तै चोरी भएपछि व्यापक आलोचना भएको थियो । त्यस फिल्म र हलिउड फिल्म 'एन एडुकेसन'को पोस्टर दुरुस्तै छ।
मर्डर थ्री
मुकेश भट्टले निर्माण गरेको फिल्म 'मर्डर थ्री'को पोस्टर हलिउड फिल्म 'जेनिफर बडी'बाट कपी गरिएको थियो।
राउडी राठोर
अक्षयकुमार र सोनाक्षी सिंन्हा अभिनीत फिल्म 'राउडी राठोर'को पोस्टर अमेरिकन फिल्म 'द रिप्लेसमेन्ट किलर'सँग दुरुस्तै मिल्छ।
ऐतराज
अक्षयकुमार अभिनीत फिल्म 'ऐतराज'को पोस्टर 'द ग्य्राडुएट'सँग मेल खान्छ । पोस्टरमा अक्षयकुमार बाहेक अरु सबै उही कपी गरिएको छ।
मौसम
साहिद कपुर र सोनम कपुर अभिनीत फिल्म 'मौसम' चर्चित हलिउड फिल्म 'टाइटानिक'सँग मेल खान्छ।
जिन्दगी ना मिलेगी दोबारा
जोया अख्तर निर्देशित फिल्म 'जिन्दगी ना मिलेगी दोबारा'को पोस्टर पनि हलिउड फिल्म 'लर्ड्स अफ डगटाउन'बाट कपी गरिएको छ।
गजनी
आमिर खान अभिनीत फिल्म 'गजनी'ले पनि पोस्टर कपी गरेपछि विवाद भएको थियो । गजनीको पोस्टर हलिउड फिल्म 'हल्क'बाट कपी गरिएको थियो।
रा-वन
शाहरुख खान र करिना कपुर अभिनीत फिल्म 'रा-वन'को पोस्टर पनि कपी गरिएको थियो। 'ब्याट्म्यान विगिन' र 'रा-वन'को पोस्टरमा शाहरुख र करिनाबाहेक केही फरक पाइँदैन।
एक भिलेन
दर्शकबाट औंसत प्रतिक्रिया पाएको 'एक भिलेन' पनि पोस्टर कपी गरेको पाइएपछि विवादित बनेको थियो । 'एक भिलेन' र 'स्टेप अप'को पोस्टर दुरुस्तै मेल खान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।