• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेशसभा बैठकमा सरकारमाथि प्रश्नको ओइरो, सांसद भन्छन्- ठेकेदारको हात माथि हुँदा विकासमा बाधा

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  ०८:०३
1140x725

काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रदेशसभा बैठकमा प्रश्नको ओइरो लागेको छ। सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले विकास योजना र कार्यक्रमबारे सरकारमाथि प्रश्न गरेका थिए।

प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २ र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)का १ जना प्रदेश सांसदले सरकारको कामकारबाहीबारे टिप्पणी गरे। उनीहरुले संसद्‌मा सांसदरुले उठाएका प्रश्नको सरकारका तर्फबाट जवाफ दिन चासो नदेखाइएको गुनासो समेत गरे।

बैठकमा सत्तारुढ नेकपाका प्रदेश सासंदहरुले सरकारका मन्त्रीहरुले मनपरी रुपमा काम गरिरहेको र संसदमा उठाइएका प्रश्नहरुको जवाफ समेत नदिने गरेको आराेप लगाए।

नेकपाका प्रदेश सासंद हर्कबहादुर कुँवरले 'जनताले काम भएन, कहिले हुन्छ?' भनेर सोधेको प्रश्नको जवाफ आफूहरुसँग नरहेको बताए। ‘जनताले सोधेका प्रश्नको जवाफ सरकारले दिने हो कि सांसदले?’, उनले सरकारलाई प्रश्न गरे, 'सरकारका कुन मन्त्रीले जनताको जवाफ दिनुपर्छ? कहाँ यसको जवाफ पाइन्छ? सरकारले संसद‌्‌मा हामीलाई जानकारी दिनुपर्छ।'

सांसद कुँवरले चालू आर्थिक वर्षको पहिलाे दुई चौमासिकमा सरकारले ६ प्रतिशत मात्रै पूर्वाधार विकास बजेट खर्च गरेको हुनाले आफूलाई जनताले 'विकास खर्च ६० प्रतिशत पुग्छ कि पुग्दैन?' भनेर प्रश्न गर्नेगरेको बताए। उनले जनताको जवाफ दिन नसकेर आफू सांसद हुनु पनि लाजमर्दो भइसकेको भन्दै आक्राेश पाेखे। उनले निर्माण विधेयक नल्याएसम्म विकासको कामले गति लिन नसकेको भन्दै सरकारलाई निर्माण विधेयक ल्याउन माग गरे।

सांसद कुँवरले आफूहरुले सदनमा जति आवाज उठाए पनि सरकारले जवाफ नै नदिने गरेको गुनासो गरे। जनताले समयमा बल र बीउ समेत पाउन नसकेको भन्दै उनले धानको बीउ तथा धानखेतीका लागि समयमै मल उपलब्ध गराउन माग गरे। उनले सरकारले 'टीकाराम पार्की छात्रवृत्ति योजना' अगाडि सरेको भए पनि कार्यान्वयन नगरेको भन्दै प्रश्न गरे, ‘खै कहाँ छ, टीकाराम पार्की छात्रवृत्ति?’

नेकपाकै प्रदेश सांसद महेशदत्त जोशीले चालू आर्थिक वर्षका योजनाहरु कार्यान्वयन गरी सकेर अर्को वर्षको बजेट ल्याउने बेला हुन लाग्दा समेत सरकारले काम गर्न नसकेको भन्दै प्रश्न गरे, 'किन अहिलेसम्म काम भएन? सरकारले जवाफ दिनु पर्छ।'

उनले जहिले पनि ‘ठेकेदारको हात माथि र सरकारको हात तल’ हुँदा विकास पूर्वाधार निर्माणको काम समयमा नहुने गरेको बताए। उनले त्यस्ता ठेकेदारलाई सरकारले कारबाही गरेर काम अगाडि बढाउनुपर्ने मत राखे। उनले काम नहुनुमा ‘हामी सबै दोषी छौं र सरकार अझै बढी दोषी छ’ भने।

Ncell 2
Ncell 2
nimb
nimb

किसानलाई राहत दिने कार्यक्रम सञ्चालन गर्ने भनेको प्रदेश सरकारले किसानका लागि बीउको व्यवस्था समेत गर्न नसकेको जिकिर गर्दै सांसद जोशीले बीउ बैंक स्थापना गरी कृषि उत्पादनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न माग गरे।

सत्तापक्षकै सांसद पूर्णा जोशीले प्रदेशसभाका महिला सासंदहरुको सहभागितामा ग्रामीण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन कार्यक्रम सञ्चालन गर्ने गरी ल्याइएको 'द्वारिकादेवी ठकुरानी महिला सशक्तिकरण कार्यक्रम' गैरसरकारी संस्थामार्फत कार्यान्वयन गर्ने गरी सामाजिक विकास मन्त्रालयले तयारी गरिरहेको भन्दै यसो हुनुको कारणसहित मन्त्रीले प्रदेश सभामा जवाफ दिनुपर्ने माग गरिन्।

सांसद् जोशीले आर्थिक वर्ष बित्न लाग्दासमेत प्रदेश खाद्य डिपो बनाउने काम सुरु नहुनुको कारण पनि सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने माग माग गरिन्। उनले स्थानीय तहमा पनि खाद्य डिपो स्थापना र सुपथ मूल्य पसल सञ्चालनको काम नभएको कारण सहितको जवाफ सरकारले दिनुपर्ने माग राखिन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्तले प्रदेशसभामा सासंदहरुले बोलेका जनसरोकारका विषयमा सरकारले जवाफ नदिएको गुनासो गरे। उनले प्रदेशसभामा उठाइएका जनसरोकारका विषयमा जवाफ नपाइने हो भने प्रदेश सरकार र प्रदेशसभाको आवश्यकता नै नहुने जिकिर गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सासंद पन्तले सरकारले समयमा काम गर्न नसकेको हुनाले सुदूरपश्चिम प्रदेशका ठूला योजनाहरु समयमै फर्स्याैट नहुने अवस्थामा पुगेको बताए। उनले धनगढी–खुटिया सडकको लागि छुट्याइएको ६५ लाख रुपैयाँको योजना पनि कार्यान्वयन नभएको जानकारी दिए।

प्रमुख प्रतिपक्षी कांग्रेसकै प्रदेश सासंद कर्णबहादुर मल्लले प्रदेश सरकारले 'सुदूरपश्चिम प्रदेशका जनतालाई सबैभन्दा कम सुशासन भएको प्रदेशका बासिन्दा' बनाएको टिप्पणी गरे। उनले हालै भएको प्रथम मुख्यमन्त्री कपको प्रगति विवरण संसद्‌मा पेस गर्न सरकारसँग माग गरे। ‘मुख्यमन्त्री कपको उपलब्धि के भयो? कति खेलाडी उत्पादन भए?’, मल्लकाे प्रश्न थियाे, 'मुख्यमन्त्री कपमा ३ करोड रुपैया खर्च गर्नुको औचित्य के हो?’

राजपाका प्रदेश सासंद कृष्णबहादुर चौधरीले सरकारले बजेट कार्यान्वयनमा ढिलाई गर्नुको कारणबारे प्रदेशसभालाई जवाफ दिनुपर्ने बताए। ‘बजेट कार्यान्वयन ढिला किन भयो?’, उनले प्रश्न गरे, ‘कहिलेसम्म कार्यान्वयन गराउनु हुन्छ? हामीलाई सदनमा जवाफ दिनुपर्छ।’

सांसद चौधरीले प्रदेशसभाको बैठक 'बिजनेस'को अभावमा लामो समय विश्राम लिएर बस्न थालेकोले यस्ताे अवस्थामा हिउँदे अधिवेशन अन्त्य गर्न पनि माग गरे।

सांसदहरुले आफूहरुको प्रश्नको जवाफ सरकारले नदिएको भनेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाको विशेष समयमा उठेका प्रश्नहरुको जवाफ ७ दिनभित्र प्रदेशसभामा पेस गर्नका लागि सरकारलाई पत्राचार गर्न सचिवालयलाई निर्देशन दिए।

प्रदेशसभाको आइतबारकै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको 'स्वरोजगार कोष स्थापना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५' लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने प्रस्ताव पास गरेको छ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले 'विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृति स्रोत समितिमा पठाइयोस्' भन्ने प्रस्ताव पेस गरेका थिए। मन्त्री बोहराको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। प्रदेशसभाको निर्णय बमोजिम अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले विधेयक माथि दफावार छलफल गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्नेछ।

बैठकमा 'सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभूत गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५' माथि दफावार छलफलपश्चात् तयार पारिएको प्रतिवेदन पेस गरिएको छ। विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले प्रतिवेदन पस्तुत गरेका थिए।

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्