काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ।
एनआरएनएले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो।
नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउन आफूहरुको तर्फबाट पनि सो खेलकुद प्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए। 'नेपालको समृद्धिका लागि खेलकुद, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारसँग सहकार्य गरेर अघि बढ्नेछौं,' अध्यक्ष भट्टले भने।
प्रतियोगितामा एनआरएनएको तर्फबाट कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि २४ जना खेलाडी सहभागी हुने पनि जानकारी गराइएको छ।
अध्यक्ष भट्टले प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।