काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाएको छ।
नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आईतबार संघीय संसदको दिउँदे अधिवेशन अन्त्य भएपछि संचारकर्मीमाझ यो अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं संसदप्रति जवाफदेही नभएको प्रतिक्रिया दिएका हुन्।
सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री र मन्त्रीहरु संसदप्रति उत्तरदायी नभएको दाबी उनको थियो। कांग्रेसका प्रमुख सचेतक खाँडले कानुन निर्माणका दृष्टिले भने संसदको हिउँदे अधिवेशन सकारात्मक रहेको बताएका थिए।
प्रमुख सचेतक खाँडले आगामी दिनमा संसदप्रति उत्तरदायी बन्न प्रधानमन्त्री ओली र मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण पनि गराए।
सरकारले महंगी नियन्त्रण गर्न, शान्ति सुरक्षा कायम गनुपर्ने लगायतका जन सरोकारका विषयमा पनि ध्यान दिन नसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।