बर्दिया- ‘मैले धर्मका बारेमा जनमत संग्रह गर्ने कुरा गरेको छैन’ गुलरिया आइपुगेका कांग्रेस महामन्त्री शंशांक कोइरालाले भने, ‘ होलीका दिन पत्रकारले के सोधे के सोधे मैले बुझिनँ।’
हिन्दू धर्म र राजतन्त्रका लागि जनताले चाहेमा जनमत संग्रह गर्न सकिने अभिव्यक्तिका कारण विवादमा आएका कांग्रेस महामन्त्री कोइरालाले आफ्नो भनाइ सच्याएका छन्। प्रेस युनियन गुलरियाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस स्वतन्त्र धर्मको पक्षमा रहेको बताए।
सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेत्रविक्रम चन्दसँग वार्ता गर्न आवश्यक भएको समेत बताए।
'उनीहरुको पार्टीलाई आतंककारी भन्दै प्रतिबन्ध गर्दा समस्या समाधान हुँदैन,’ उनले भने, ’वार्ता नै समस्याको समाधान गर्ने एकमात्र उपाय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।