काठमाडौं- शनिबारबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को १२औं संस्करणमा आइतबार २ खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।
आइतबारको दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले मुम्बईसँग प्रतिस्पर्धा गर्दैछ।
खेलमा नेपाली लेग स्पिनर सन्दीप मैदान प्रवेश गर्छन् या गर्दैनन् त्यो भने पर्खाईको विषय बनेको छ।
सन्दीपले आईपिएलको डेब्यु सिजनका ३ खेलमा उच्च प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।
३६ टी–ट्वान्टी खेलमा ४५ विकेट हात पार्न सफल सन्दीपलाई विश्वका चर्चित लिगमा गरेको उत्कृष्ट प्रदर्शनका कारण दिल्ली क्यापिटल्सले दोस्रो पटक रिटेन गरेको हो।
यही अवसर सदुपयोग गर्दै लामिछानेले लगातार दोस्रो सिजनमा आफ्नो प्रस्तुति दिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।