काठमाडौं– नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन तत्काल गर्न माग गर्दै संघका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन्।
पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा विद्यार्थीको टोली देउवा निवासमा पुगेको थियो। पाँच सय भन्दा बढि संघका कार्यकर्ता देउवालाई भेट्न पुगेको शाहले जानकारी गराए।
देउवा पक्षीय विद्यार्थी नेता शाहले तदर्थ समितिको लागि आफू उपयुक्त पात्र भएको दाबी गरे। पार्टीमा छलफल गरी विद्यार्थीहरुको भावना अनुरुपकै नेतृत्व चयन गर्ने सभापतिले वचन दिएको शाहले जानकारी गराए।
१२औं महाधिवेसन समयमा गर्न नसकेपछि संघलाई कांग्रेस केन्द्रीय समितिले गत महिना विघटन गरेको थियो। तदर्थ समिति ३२ वर्ष उमेर हदबन्दी लगाउने/नलगाउनेमा पार्टी र संघमा विवाद छ। १२औं महाधिवेशनमा मात्रै उमेरको हद लाग्ने शाहले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।