• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

क्षयरोग के हो? कसरी हुन्छ यसको उपचार?

64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०७५  १२:०१
1140x725

क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो। मुख्यगरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ। फोक्सो बाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली तथा प्रजनन् प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन्।

लगभग २० प्रतिशत क्षयरोगका बिरामीहरुमा फोक्सो बाहिरका क्षयरोग संक्रमण भेटिएको तथ्यांक छ। जसको १५ प्रतिशत बिरामीमा मुत्र प्रणालीको क्षयरोग भेटिन्छ। अविकसित र विकासोन्मुख देशमा मुत्र प्रणालीको क्षयरोग प्रमुख दोस्रो क्षयरोग हो भने विकसित देशमा यो तेस्रो मानिन्छ।

मुत्र प्रणालीको क्षयरोग भन्नाले मिर्गौला, मुत्र बाहिनी नली, मुत्र थैली, मुत्र मार्ग, प्रोस्टेट, सेमिनल भेसिकल इत्यादिको क्षयरोगलाई बुझिन्छ। मुत्र प्रणालीको क्षयरोग प्राय: दोस्रो दशकदेखि चौथो दशकको उमेर अवधिमा देखिएको छ। यो रोग बाल्यकाल र बृद्धबृद्धामा कम पाइएको छ। 

क्षयरोग अविकसित र विकासोन्मुख देशहरुको समस्या देखिए तापनि आजको युगमा अत्यन्तै विकसित देखिने संयुक्त राज्य अमेरिका जस्ता मुलुक पनि कुनै ताका क्षयरोगबाट प्रचुर पीडित रहेको इतिहास पढ्न पाइन्छ। २०औं सताब्दीमा भएको मृत्युको आँकडालाई केलाउँदा २५ प्रतिशत वयस्क मानिसको मृत्यु क्षयरोगले गर्दा भएको प्रमाण छ।

सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणअनुसार संसारको एक तिहाइ जनसंख्या अव्यक्त क्षयरोगबाट संक्रमित छ, जसको ९०-९५ प्रतिशत बिरामी अविकसित र विकासोन्मुख देशमा रहेको प्रतिवेदन छ। संसारभरिमा सर्वाधिक मृत्यु गराउने सरुवा रोगहरुमध्ये क्षयरोग प्रमुख हो।

प्रत्येक वर्ष एक करोड मानिस क्षयरोगले संक्रमित भेटिन्छन्। जसमध्ये २० लाख बिरामीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन्। यद्यपि उपलब्ध खोप, निदान विधि, उपचार विधिको सहजता र जनचेतनाको कारणले  जुनैसुकै देशमा पनि यो रोगको संक्रमण विस्तारै घट्दै गएको पाइएको छ। 

प्रमुख कारण
– क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटानुले गराउने संक्रमण हो।

– प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ, 

Ncell 2
Ncell 2
nimb
nimb

– संक्रमित बिरामीसँग सम्बन्ध, 

– रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु (जस्तै: एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर),

– जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु, 

– तल्लो स्तरीय जीवनशैली,

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– सरसफाइ र सन्तुलित भोजनको कमी,

लक्षण: सुरुमा लक्षण बिहीन हुन्छ। रोग बढ्दै जाँदा पिसाबमा रगत मिसिएर आउनु, पिसाब गर्दा पोल्नु, कोखा दुख्नु , पिसाब पूर्ण रुपमा ननिख्रिनु र पिसाबको धार मसिनो हुनु जस्ता लक्षण देखा पर्छन्।
जटिलता: क्षयरोगले गर्दा हुन सक्ने जटिलता भनेको मुत्र मार्ग र मुत्र बाहिनी नलीमा खत आउनु, फिस्टुला बन्नु, मिर्गौला फेल हुनु र क्षयरोग उपचारका लागि प्रयोग हुने मुख्य औषधिले काम नगर्नु हुन्।

निदान कसरी गर्ने?
यो रोग निदान गर्न अलि कठिन हुने गर्छ। केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोग विरुद्धको उपचार चलाउनुपर्ने हुन्छ।

निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन्– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पिसिआर इत्यादि। पिसिआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ। यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको नभएको पुष्टि गर्ने गरेको छ।

पिसाब गर्ने मार्गबाट दूरविन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मुत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ। औषधिहरुले काम नगरेको खन्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ। निदान गर्दा यो रोग प्राय: मुत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ।

जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ। यी विधिहरु अलि महँगो हुनाले रोग निदानमा अनेकन समस्या देखिन्छन्। तसर्थ; आफूलाई उपचार गर्ने चिकित्सकको सरसल्लाह अनुसार जाँच र उपचारको प्रक्रिया अगाडि बढाई चिकित्सकलाई उपचार गर्ने वातावरण सहज बनाइदिनुपर्छ।

उपचार 
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट क्षयरोगको नि:शुल्क उपचार गर्दै आएको छ। जुन दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रबाट औषधि प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्कक कदम चालिन्छ।

उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरु: आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन्। यी चार वटा औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ। बीचबीचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ। यी औषधिहरुले काम नगरेको खन्डमा आवश्कक जाँच गरी अन्य अनेकौं औषधि चलाउन सकिने अवस्थाहरु हुन्छन्।

मुत्र प्रणालीको क्षयरोग प्राय: भेटिइरहने रोग भए तापनि यो रोग सजिलै अनदेखी गर्न सकिने सम्भावना उत्तिकै रहेको छ। बिडम्बनाको कुरा त के हो भने, क्षयरोगको निदान र उपचार विधि सजिलै जताततै उपलब्ध भएता पनि बर्सेनी लगभग एक तिहाइभन्दा बढी मुत्र प्रणालीको क्षयरोग रोगीको रोग पत्ता लगाउन नसकिएको तथ्यांक छ।

अर्को मुख्य कुरा, यस किसिमको क्षयरोगको निदान र उपचार आफैंमा पनि एउटा विषेश चुनौती नै हो। यद्यपि पिसिआर जस्ता आधुनिक विधिले यो समस्यालाई केही हदसम्म समाधान गरेको देखिन्छ।
 
(डा शाह नेपाल मेडीसिटी अस्पताल युरोलोजी विभागका एफसिपिएस रेसिडेन्ट चिकित्सक हुन्) 

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्