काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधानसहितको विधेयक कांग्रेसले अस्वीकार गर्ने बताएका छन्।
विधेयकमा प्रस्तावित विधेयकले सेनाको मनोबल घट्ने कोइरालाको दाबी छ।
‘प्रधानमन्त्रीले सेना परिचालन गर्ने विधयक विधेयक जुन दिन पास हुन्छ, त्यही दिन लोकतन्त्र समाप्तीको बाटोतर्फ लाग्छ,' उनले भने, 'लोकतन्त्र विरोधी र निरंकुशताको पक्षपोषण गर्ने विधेयक स्विकार्न सकिन्न।’
सुरक्षा परिषद्को काम,कर्तव्य र अधिकारसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ।
कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफूमातहत राखेको कोइरालाले आरोप लगाए।
नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितिले चितवनको टाकडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा डा कोइरालाले महासमिति बैठकबाट पारित राजनितीक प्रस्ताव प्रति असन्तुष्टि जनाए।
पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको अडानले संसद पुनर्स्थापना भएको विगत स्मरण नगरिएको प्रति नेता कोइरालाले दुःख व्यक्त गरे।
गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद् पुनस्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनि जेलमै हुने दाबी उनको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।