काठमाडाैं- उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सबैलाई आह्वान गरेका छन्।
उपप्रधानमन्त्री पोखरेलले मुलुकको समृद्धिमा केन्द्रित भएर आवश्यक योजनाहरु तय गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए।
मदन भण्डारी फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनतालाई सुखी बनाउने तथा मुलुकलाई समृद्ध बनाउने सरकारको योजनालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने पनि स्पष्ट पारे।
उपप्रधानमन्त्री पोखरेलले संविधानले नै संघ, प्रदेश र स्थानीय तहको काम बाँडफाँड गरिदिएकाले सोहीअनुसार काम अघि बढ्नेमा पनि विश्वस्त हुन आग्रह गरे।
सरकारले संविधानको मर्मअनुसार अघि बढ्नका लागि आवश्यक कानुन र संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।