विराटनगर- पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधिका विराटनगरको सहिद रंगशालामा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ।
खेलको पहिलो हाफ सकिदा दुवै टिमले १-१ गोल गरेका छन्। खेलको २६ मिनेटमा भारतले पहिले अग्रता लिएको थियो। डालिमा छिब्बरले फ्रिकिङमा सुन्दर गोल गरिन्। हिराकुमारी भुलेजले फल गरेपछि प्राप्त गरेको अवसरमा डालिमाले सुन्दर गोल गरेकी थिइन्।
नेपालले ३३ मिनेटमा बराबरी गोल फर्कायो। मध्यभागबाट आएको बलमा सावित्रा भण्डारीले हेडमार्फत बराबरी गोल फर्काएकी थिइन्। पहिलो हाफमा सावित्रा भण्डारील पाएका तीन वटा अवसर खेल फालिन्।
१९ मिनेटमा सावित्राले डिफेन्डरलाई छक्काउदै लगेर डिबक्स भित्रबाट हानेको प्रहार आकासियो। लगत्तै उनले हानेको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन। ४५ मिनेटमा नेपालले अग्रता लिने अर्को मौका गुमायो। सावित्रा भण्डारीको पहिलो प्रहार भारतीय गोलकिपर हातमा लागेर फर्कियो। रिबाउन्डमा उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन।
भारत लगातार पाँचौ पटक र नेपाल चौथो पटक फाइनलमा पुगेको हो। भारतले यसअघि चारै संस्करणको उपाधि जितेको थियो। नेपाल सुरुवाती तीन संस्करणको फाइनलमा पुगेको थियो। तीनै संस्करणको उपाधि भिडन्तमा नेपाललाई भारतले पराजित गरेको थियो।
नेपाली टिम
गोलकिपर- एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर - मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड - निरु थापा (कप्तान), सावित्रा भण्डारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।