काठमाडाैं- राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले आ-आफ्नो क्षेत्रगत तथा समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले राजधानी काठमाडाैं र ललितपुरका विभिन्न सडकखण्ड निर्माणको क्रममा धूलाम्य भएको तथा केही रुटमा सवारी साधन सञ्चालनमा रोक लगाइएकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
राष्ट्रियसभा सदस्य नन्दा चपाईले सुर्खेतको पञ्चपुरी हेल्थ सेन्टरमा विद्युत आपुर्ति र विशेषज्ञको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सरकारको ध्यानाकर्षण गराउने क्रममा अर्का सदस्य प्रकाश पन्तले पृथ्वी राजमार्गको नौबिसे-पोखरा खणडको मर्मत सुधार तथा वैकल्पिक राजमार्ग निर्माणबारे गराए।
राष्ट्रियसभा सदस्य मुक्ता कुमारी यादवले धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पश्चिम र पूर्वक्षेत्रमा पुल निर्माणको पहल गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।
त्यस्तै अर्का सदस्य युटोल तामाङले नयाँ कानुनहरु तुरुन्तै लागू गर्न माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।