काठमाडौं- संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन बनेको उपसमितिको संयोजकमा विजय सुब्बा चयन भएका भएका छन्।
समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच अंगीकृत नागरिकताको विषयमा मतभेद भएपछि सो समस्या समाधान हुने गरी आवश्यक सुझाव दिन उपसमिति गठन गरिएको हो।
उपसमितिमा नेकपाबाट यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, लक्ष्मी चौधरी, कांग्रेसबाट देवेन्द्रराज कँडेल, मीना पाण्डे, संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव, राजपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र छन्।
विशेषगरी अंगीकृत नागरिकता र लैंगिक समानताका विषयमा सांसदहरु मतैक्य हुन नसकेपछि विवाद टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिकीको आजको बैठकले उपसमिति गठन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।