काठमाडौं– सरकार र डा. सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ बीच भएको ११ बुँदे सम्झौतापछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको सम्बन्ध अझै नजिकिएको छ। यी दूई दलले मधेस र मेधसीका मुद्दाका एक ठाउँमा उभिने सहमति बनाउन पत्राचार समेत गरिसेका छन्।
‘केही दिन अघि राजपाले फोरमलाई पत्र लेखेको थियो, पत्रमा दुई दलहरु परिवर्तित सन्दर्भमा एक ठाउँमा उभिने विषयहरु छन्’, राजपाका एक नेताले नेपाल लाइभसँग भने, ‘हिजो मात्र फोरमले पत्रको जवाफ दिएको छ। कुरा सकारात्मक छ।’
सरकारमा रहेको संघीय समाजवादी फोरम र सरकारलाई दिएको दिएको समर्थन फिर्ता लिएको राजपाले प्रतिपक्षी नेपाली कांग्रेसको भूमिकाप्रति पनि शन्देह व्यक्त गरेको छन्। कांग्रेसले मधेसका मुद्दामा जुन खरोपन देखाउनुपर्ने थियो नदेखाएको ठहर दुई दलका नेताको छ।
राजपा र फोरमक एक ठाउँमा उभिनेबारे अब नेताहरुबीच वार्ताकै तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।