• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखरप्रति किन खनिन्छन् देउवा?

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  ११:५२
1140x725

काठमाडौं– फागुन ४ मा जिपी फाउन्डेसनले वीरगन्जमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले एउटै माला पहिरिए। महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले सामूहिक रुपमा पहिरिएको एउटै मालाको चर्चा विविध आयाममा गरियो।

कांग्रेस वृत्तभन्दा बाहिर पनि मालाको चर्चा केही दिनसम्म चलिइरह्यो। उक्त कार्यक्रमको चार दिनपछि वीरगन्ज नै पुगेर पार्टी सभापति शेरबहादुर देउवाले बोलेको अभिव्यक्ति अहिलेसम्म सेलाएको छैन। उनको बोली कोइराला परिवारका विरुद्धमा थियो। उनको त्यो अभिव्यक्तिले एक प्रकारको तरंग नै ल्याइदियो।

कोइराला परिवारका तीनै नेता एकै मालामा बेरिएको तस्बिर सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा छाइरहँदा देउवाको आक्रामक अभिव्यक्ति आएको थियो। 

देउवाको ‘तारो’ कोइराला परिवार र मुख्यतः कांग्रेस नेता शेखरमाथि थियो। 

भावी सभापतिमा कोइराला परिवारबाट पनि उम्मेदवार बन्ने चर्चा छ। वीरगन्जको कार्यक्रममा 'अबको सभापति कोइराला परिवारबाटै' भन्ने खालको सन्देश कोइराला नेताहरुले प्रवाह गरेपछि सभापति देउवा रुष्ट बने। त्यसले कोइराला परिवारसँगको दुरी  बढाइदियो। वीरगन्जमा देउवाप्रति महामन्त्री डा शशांक कोइराला आक्रामक रुपमा देखिएको भेलाका सहभागीहरु बताउँछन्।

तर, देउवाले शेखरलाई ‘तारो’ बनाएर खेदेको खेद्‌यै गरे।

आक्रामक अभिव्यक्ति दिएका देउवाप्रति सोही रुपमा प्रस्तुत नभएको शेखर दाबी गर्छन्। उनले भने, ‘कुनै कुरामा चित्त नबुझेको भए बोलाउनुस्। जे हो म नै भनिदिन्छु।’

Ncell 2
Ncell 2
nimb
nimb

कोइराला परिवारबाट सभापतिको दाबेदारी रहने संकेत गरेसँगै शेखरको बोलीलाई देउवाले गम्भीरतापूर्वक लिएको संकेत गरेका छन्। तीन साताअघि विराटनगरमा बोल्ने क्रममा देउवाले नामै किटेर ‘शेखरलाई दुई पटक सम्झाइसकेको’ बताएका थिए। 

१४औं महाधिवेशनलाई पर सार्ने प्रयत्नमा रहेका देउवा र समयमै महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका शेखरबीच अहिले 'वाकयुद्ध' चलिरहेको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरु बीच वाकयुद्ध चले पनि यस अनुसारको बोली विगतका सभापतिहरुमा नदेखिएको राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन्। उनले भने, ‘अहिले जस्तो असहिष्णु अवस्था पहिले देखिएको थिएन।’

वीरगन्ज पुगेका देउवाले 'नेपाली कांग्रेस कोइराला परिवारको बपौती नभएको' जवाफ फर्काए। थर कोइराला हुँदैमा सभापति बन्न नसक्ने देउवाको जिकिर थियो। व्यक्तिगत तहमै उत्रेर देउवाले ‘शेखर को हो?’ भन्दै प्रश्न गरेका थिए। परिवर्तनका आन्दोलनका क्रममा समय खर्चिएको भन्दै शेखर त्यो बेला कहाँ थिए? भनी उनले जवाफ मागे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सार्वजनिक समारोहमा आएको पार्टी सभापतिको त्यसखालको बोली लोकतान्त्रिक पार्टी पद्धतिभित्र नभएको शर्माले टिप्पणी गरे। सभापतिका व्यवहार र बोली पार्टी पद्धति र लोकतान्त्रिक मर्यादाभित्र हुनुपर्ने उनी बताउँछन्। 'पार्टीका नेता र कार्यकर्ताहरुलाई सम्मान गरेर बोल्नुपर्ने हो,' शर्माले भने, 'उहाँले नै त्यो प्रकारको आरोप लगाएपछि पार्टीको अनुशासन र मर्यादा रहन्न।’ सभापतिको अभिव्यक्तिको मेसेज गाउँ-गाउँसम्म पुग्ने हुनाले गुटबन्दी झन् बढ्न सक्ने शर्माले आशंका गरे। 

आक्रामक अभिव्यक्ति दिएका देउवाप्रति सोही रुपमा प्रस्तुत नभएको शेखर दाबी गर्छन्। उनले भने, ‘कुनै कुरामा चित्त नबुझेको भए बोलाउनुस्। जे हो म नै भनिदिन्छु।’ 

सभापतिको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाउँदै आएका शेखरको अभिव्यक्तिबाट देउवा रुष्ट छन्। देउवाको रुष्टता विराटनगरमा पनि व्यक्त भयो। शेखरको बोलीमा सुधार नआएको भन्दै उनीप्रति आक्रोशित बनेका थिए देउवा। तर, शेखर सभापतिको अभिव्यक्तिलाई पुरै नकार्छन्। ‘मलाई बोलाउनुभएकै छैन। बरु मलाई बोलाउनुस् भनेको हुँ,’ उनले भने।

सभापतिको कार्यशैलीप्रति प्रश्न उठाए पनि ‘असहिष्णु’ बोली व्यक्त नगरेको शेखर दाबी गर्छन्। उनले भने, ‘कसको कुरा सुनेर बोल्नुभयो। उहाँ नै जान्नुहुन्छ।’

विराटनगरमा महामन्त्री शशांकले १४औं महाधिवेशनमा कोइराला परिवारबाटै उम्मेदवार बन्ने ठोकुवा गरेका थिए। वीरगन्जमा पुनः एकत्रित भएका कोइराला परिवारका नेताको सक्रियता र बोलीलाई भने पार्टी सभापति देउवाले कडा प्रतिवाद गरेका छन्।

कांग्रेसका केन्द्रीय नेताहरुमध्ये जिल्ला दौडाहामा शेखर व्यस्त हुने गरेका छन्। कार्यकर्तामाझ बाक्लिएको उनको दौडाहामा पार्टी कमजोर हुनुको कारण सभापतिको कार्यशैली नै बताउने गरेका छन्। केन्द्रीय कार्यसमितिमा देउवाको विरोधमा बोल्नुका साथै जिल्लाहरुमा पनि उनको कार्यशैलीमाथि प्रश्न उठाएपछि देउवा असन्तुष्टि थप चुलिएको छ।

मंसिरमा पनि विराटनगरमा कोइराला परिवारका तीनै नेताले एउटै माला पहिरिएका थिए।

त्यसबेला उनीहरुले दिएको अभिव्यक्तिले कोइराला परिवार र देउवाबीच अन्तर्द्वन्द्व निम्तिएको थिएन। त्यसबेला महामन्त्री शशांकले १४औं महाधिवेशनमा कोइराला परिवारबाटै उम्मेदवार बन्ने ठोकुवा गरेका थिए। वीरगन्जमा पुनः एकत्रित भएका तीन नेताको सक्रियता र बोलीलाई भने पार्टी सभापति देउवाले कडा प्रतिवाद गरे।

पार्टी पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने बताउँदा अनुशासन उल्लंघन नहुने शेखरको जिकिर छ। सभापतिको जस्तै राजनीतिक संस्कार आफूमा नभएको उनी बताउँछन्। कोइराला परिवार र आफूबारे देउवाले बोलेको विषयलाई सभापतिको ‘राजनीतिक संस्कार’को रुपमा उनले अर्थ्याए। 

पार्टीमा एक-अर्काप्रति यसखाले आरोप-प्रत्यारोप हुनुलाई गलत प्रवृत्तिका रुपमा अर्थ्याउँछन् राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल। ‘प्रतिपक्षमा बसेको कांग्रेसले आफूलाई शसक्त बनाउने बेला यही हो,’ बहुमत ल्याउने पार्टीले सरकार सञ्चालन गर्ने बताउँदै उनले भने, ‘संगठन बनाउन हिँड्नुपर्ने नेताले आफ्नै प्रतिष्ठामा आँच आउने गरी जुहारी गर्न थाले पार्टीलाई नै क्षति पुग्छ।’

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्