विराटनगर- प्रदेश १ सरकारले पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधि नेपाली टोलीले जितेमा प्रत्येक खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।
प्रदेश सरकारले यसअघि नै एक लाख रुपैयाँका दरले खेलाडीलाई रकम उपलब्ध गराउने घोषणा गरेको थियो।
आज दिउँसो नेपाल र भारतबीच खेल हुँदैछ। खेल विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।
फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन्। समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।