जनकपुर- प्रदेश २ प्रदेशसभाको ‘तेस्रो प्रदेशसभा अधिवेशन’ चैत १४ गते दिउँसो ३ बजे बस्ने भएको छ।
प्रदेश सरकारको सिफारिसमा बैठकको आह्वान प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गरेका हुन्।
तेस्रो अधिवेशनमा प्रदेश २ सरकारले छुट्टै प्रशासनिक अधिकार राख्ने विधेयक दर्ता गर्ने तयारी गरेको छ। आठ जिल्लामा आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक तयार भइसकेको छ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको प्रदेश प्रशासनसम्बन्धी विधेयक तेस्रो अधिवेशनमा पेस गरेर परित हुने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।