एजेन्सी- युरोपियन च्याम्पियनसिप फुटबल छनोटमा नेदरल्यान्ड्स र बेल्जियमले सजिलो जित हात पारेका छन्।
नेदरल्यान्ड्सले बिहीबार राति भएको खेलमा बेलारुसमाथि ४-० जित निकाल्यो। नेदरल्यान्ड्सका लागि डिपेले खेलको पहिलो मिनेट र ५५ मिनेटमा पेनाल्टीमा गोल गरे। यस्तै विज्नाल्डमले २१ मिनेटमा गोल थप्दा भान डेकले ८६ मिनेटमा चौथो गोल गरे। सन् २०२० को युरोकप अन्तर्गत समूह सीको छनोटमा नेदरल्यान्ड्सलाई पहिलो जितले राहत दिलाएको छ।
यता बेल्जियमे रसियालाई ३-१ ले पराजित गरेको छ। बेल्जियमका लागि टिइलेमान्सले १४ मिनेटमा पहिलो गोल गरे। यस्तै इडिन हजार्डले ४५ र ८८ मिनेटमा गरी २ गोल गरे। रसियाका लागि चेरिसेभले १६ मिनेटमा बरारबि गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा गोलोभिन दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि रसिया १० खेलाडीमा सीमित बनेको थियो।
अन्य खेलमा काजस्थानले स्कटल्यान्डलाई ३-०, उत्तरी आइरल्यान्डले इस्टोनियालाई २-०, क्रोएसियाले अजरबैजानलाई २-१, स्लोभाकियाले हंगेरीलाई २-०, पोल्यान्डले अस्ट्रियालाई १-०, मेसेडोनियाले लात्भियालाई ३-१ र साइप्रसले सान मारियोलाई ५-० ले हराएका छन् भने इजरायल र स्लोभेनियाले १-१ को बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।