काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमलले कुवतेलाई बराबरीमा रोकेको छ। बिहीबार राति कुवेतमा भएको खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको हो।
नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले यता योहान कालिनको यो पहिलो हो। उनले नेपाली टिमका लागि बराबरीको नजिताबाट प्रशिक्षकको जिम्मेवारी सुरु गरेका छन्।
खेल अवधिभर कुवेतले नेपालमाथि दबाब राखेको थियो। पहिलो हाफमा कुवेतले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न सकेन। कुवेतको आक्रमणमा नेपालका गोलकिपर किरण लिम्बु पटकपटक बाधक बनेका थिए।
दोस्रो हाफमा कुवेतले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पनि नेपाललाई फाइदा पुग्यो। डिबक्स भित्र कुवेतका खेलाडीलाई नेपाली डिफेन्डरले बुटले हाने पछि पेनाल्टीको अवसर दिइएको थियो। सो अवसरमा कुवेतका खेलाडीको प्रहार आकासिएको थियो।
खेलको अन्त्यतिर कुवेतका गोलकिपर अघि बढेको अवस्थामा विमल रानाले खाली पोस्टमा हानेको प्रहारलाई कुवेतका डिफेन्डरले बचाएका थिए।
नेपाल र कुवेतबीच १९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एशिया कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो।
मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाली टोलीले आगामी मङ्गलबार दोस्रो खेल खेल्नेछ। फिफा बरियतामा कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८औँ स्थानमा रहेको छ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ, डिफेन्डरमा रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देवेन्द्र तामाङ, मिडफिल्डरमा रवि पासवान, टङ्क बस्नेत, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ र फरवार्डमा रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ तथा आशिष लामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।