होली खेल्दा रौतहटमा झडप : १३ राउण्ड अश्रुग्यास प्रहार, प्रहरीसहित ९ घाइते

नेपाल लाइभ | २०७५ चैत ७ बिहीबार | Thursday, March 21, 2019 २०:१४:०० मा प्रकाशित

काठमाडौं– रौतहटको गजुरा नगरपालिकामा होली खेल्ने क्रममा दुई पक्षबीच झडप भएको छ।

गजुराको सिम्रावानीपुरमा भएको झडपमा प्रहरीसहित ९ जना घाइते भएका छन्। होलीमा माटोको घैंटा (मटका) फुटाउने क्रममा दुई पक्षबीच झडप भएको थियो।

प्रहरीले स्थिति नियन्त्रण लिन १३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

झडपमा रामएकवाल साह, विवेक चौधरी, तेतरीदेवी साह, जितेन चौधरी, निरजंकुमार बछार र सोनेलाल सहनी घाइते भएका छन्।

त्यसैगरी प्रहरी हवल्दार ईश्वर बिष्ट, जवान पिताम्बर काफ्ले र पवन कार्की घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य छ।

उनीहरूको चन्द्रपुर अस्पतालमा उपचारमा भइरहेको छ। प्रहरीले घटनामा संलग्न दिपेश चौधरी, आकाश चौधरी, पप्पु चौधरी र सुकेश्वर चौधरी गरी ४ जनालाई नियन्त्रणमा लिएको छ।