काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारेको पारेको छ।
मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली 'सुर्दशन'ले बिहिबार विज्ञप्ति प्रकाशित गरी आफ्ना कार्यकर्तामाथि एकतर्फी आक्रमण गरिएको दाबी गरेका छन्।
नेकपाले जवाफी फायर गरेको भनी सरकारी तर्फबाट आएको प्रतिक्रियालाई बकवासको संज्ञा दिइएको विज्ञप्तिमा वर्तमान सरकार,गृह प्रशासन, सुरक्षा निकायका प्रमूख अधिकारीहरुले देशलाई गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाइएको छ।
कालोबजार, भ्रष्टचार, अत्याचार लुकाउन तथा अपराधलाई संस्थागत गर्न वर्तमान सरकार र गृह मन्त्रालयले गरिरहेको आरोप लगाइएको छ।
तीन दिनअघि काभ्रेको रोशी गाउँपालिकामा भएको घटनामा प्रहरीले नेकपाका विशाल तामाङ,नुमबहादुर विक,शिव भिमाल,र दिपेन्द्र राई पक्राउ गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।