काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम घोषणा नगरेको बताइएको छ।
कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय नीति अनुरुप कुनै औपचारिक कार्यक्रम पार्टीबाट नगरिएको बताए। तथापि जिल्ला कार्य समितिहरुले आफ्नै तरिकाले स्मृति दिवस कार्यक्रम गरेको बताए।
जिपी कोइराला फाउन्डेसनले दीप प्रज्ज्वलन गरी कोइरालाको स्मृति गर्ने जनाइएको छ। माइतीघरमा साँझ हुने कार्यक्रममा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला उपस्थित हुने बताइएको छ।
शान्ति प्रक्रियाका ‘नायक’का रुपमा परिचित कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो। सशस्त्र युद्धमा रहेको तत्कालीन माओवादी उनकै पहलमा मूलधारको राजनीतिमा अवतरण गरेको थियो। कोइरालाको जन्म १९८१ असार १८ मा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।