काठमाडौं– कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन चैत २८ र २९ मा पोखरामा हुने भएको छ ।
पार्टीको आन्तरिक विवाद, संगठन, महासमितिमा पारित एजेन्डा लगायतका विषयमा छलफल हुने बताइएको छ।
सम्मेलनमा गुट उपगुट अन्त्य, पार्टी बलियो बनाउनका लागि देशभर कार्यकर्ता परिचालन, नियमित लेबीलाई व्यवस्थित, सरकारका गलत क्रियाकलापको भण्डाफोरबारे छलफल हुने जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी गराए।
उद्घाटन सत्रलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष तहका नेताहरुले सम्बोधन गर्ने बताइएको छ। २९ गते पोखरा घोषणा पत्र जारी गर्दै समापन गरिने पुडासैनीले जानकारी गराए।
जिल्ला कोषाध्यक्षहरु ७५ जिल्लामा मात्रै रहेका छन्। कांग्रेसको विधानमा कोषाध्यक्षको राष्ट्रिय सम्मेलनको व्यवस्था नभए पनि पार्टीलाई सुझाव दिन राष्ट्रिय सम्मेलन हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।