दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन्।
तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको मोटर सञ्चालन हुने सो पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले सुरु गरेको योजनामा बजेट कटौति गरेर सरकारले पक्षपात गरेको बताए।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुई तिहाइको सरकार भए पनि विकासका केही काम सुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।