• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

जानी राखौं यी रेडियोलोजी उपकरणबारे

64x64
नेपाल लाइभ बिहीबार, चैत ७, २०७५  ०७:३०
1140x725

सन् १८९५ मा विल्हेल्म रोन्टजनले नोभेम्बर ८ मा एक्स–रे आविष्कार गरेका हुन्। चिकित्सा विज्ञानमा नोभेम्बर ८ लाई अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको रूपमा मनाउने गरिन्छ । विकिरणको प्रयोगद्वारा शरीर भित्रका अङ्गहरूको जानकारी पाउन सक्ने भएकाले एक्स–रेले चिकित्सा विधामा नयाँ युगको सुरुवात गरेको छ।     

रेडियोलोजी अन्तर्गत विकिरणयुक्त एक्स–रे, फ्लुरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउन्ड, एमआरआई लगायत प्रविधिहरू पर्छन् । कम समयको प्रयोग गरेर धेरैभन्दा धेरै शरीरका भित्री अङ्गहरूमा भएका समस्याको जानकारी दिनसक्नु रेडियोलोजीको प्रमुख चुनौती हो।

एक्स–रे
एक्स–रे विकिरणको प्रयोग गरेर शरिरका विभिन्न भागको श्यामश्वेत चित्र तयार पारिन्छ। शरिरको हड्डी भाँचिएमा वा फोक्सो सम्बन्धि जानकारी लिन एक्सरेको सामान्यतया प्रयोग गरिन्छ। एक्सरेले छेड्न नसक्ने बेरियम जस्ता कन्ट्रास्टको प्रयोग गरेर आन्द्रा, पेट लगायतका घाउ, क्यान्सर हेर्न सकिन्छ।

फ्लुरोस्कोपी, एन्जियोग्राफी  र म्यामोग्राफी
फ्लुरोस्कोपीले  लगातार न्यून एक्स–रेको प्रयोग गरि प्रत्यक्ष भिडियो चित्र बनाउँछ। यसबाट शरीरका विभिन्न अङ्गहरु प्रत्यक्ष कम्प्युटरमा हेर्दै सानो मात्र घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ। यसमा बेरियम र आयोडिनको प्रयोग गरेर पाचन नलि र रक्तनली हेर्ने तथा विभिन्न अङ्गको कार्यप्रणालिलाई प्रत्यक्ष हेर्न सकिन्छ। त्यसैगरी एन्जियोग्राफिमा शरीरमा एक्सरेले छेड्न नसक्ने कन्ट्रास्टको प्रयोग गरेर एक्सरेको सहायता द्वारा रक्तनली र मुटु हेर्ने गरिन्छ। हृदयाघातको खतरालाई पूर्वानुमान गर्न यसले मद्दत गर्दछ। म्यामोग्राफिमा पनि न्यून एक्स–रे प्रयोगद्वारा स्तनको गाँठाहरु तथा अन्य समस्याको जाँच गरिन्छ।

सिटी स्क्यान
सिटी स्क्यानमा मानिस वरिपरि एउटा गोलाकार मेसिन हुन्छ, जसले लगातार  एक्सरे र कम्प्युटरको सहाराले शरिरको विभिन्न तह–तहमा विभिन्न कोणबाट चित्र जोडेर ३ डाइमेन्सल चित्र बनाएर शरिरका भित्री भागहरु अध्ययन गर्दछ। यसले सामान्यतया अरु प्रविधि भन्दा बढि विकिरण प्रयोग गर्दछ। यसको प्रयोग चिकित्सा संकाय बाहेक पुरातत्त्व विज्ञानले पनि विभिन्न अन्वेषणका निमित्त गर्दछ।

एमआरआर्इ
एमआरआर्इमा चुम्बकको प्रयोगले शरीर भित्रको  पानिमा रहने हाइड्रोजनको न्यूक्लियस (प्रोटोन) लाई उत्तेजित पारेर शरीरका भित्री अङ्गहरुको चित्र कोरिन्छ। यसमा शरीरलाई विकिरणको खतरा रहँदैन। तर चुम्बकले आकर्षण गर्न सक्ने साधन प्रयोग गरेका हरुमा यसको प्रयोग खतरापूर्ण हुन्छ। रगतमा अक्सिजनको मात्रा हेरेर गरिने एफ-एमआरआर्इ को प्रयोगद्वारा  विभिन्न उत्तेजना प्रति हाम्रो दिमागले दिने प्रतिक्रियाको अध्ययन गरेर मानसिक स्वास्थ्य सम्बन्धि अध्ययन गर्न मद्दत गर्दछ।

अल्ट्रासाउन्ड
अल्ट्रासाउन्डले हामिले सुन्नसक्ने भन्दा बढी आवृत्तिको ध्वनी प्रयोग गरेर, त्यसबाट आउने प्रतिबिम्बको अध्ययन गरेर शरीरका भित्रि भागहरुको चित्र कोर्ने तथा शरिरको कुनै भागमा रगतको प्रवाह रहेको नरहेको पत्ता लगाउने गर्दछ। विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। सबैभन्दा कम समयमा शरीरका भित्री अङ्गको जानकारी दिने भएकाले आकस्मिक बेलामा यसको प्रयोग अति महत्त्वपूर्ण हुन्छ। यसको प्रयोग गरेर विभिन्न शल्यक्रियाहरु बढी सुरक्षित तरिकाले गर्न सकिन्छ।

इलास्टोग्राफिमा अल्ट्रासाउन्ड वा एमआरआइको प्रयोग गरेर अङ्ग हरुको लचिलोपना मापन गरी विभिन्न रोगको बारेमा अध्ययन गरिन्छ। टेक्टाइल इमेजिङमा स्पर्शलाई चित्रमा परिणत गरेर स्तन, प्रोस्टेट, मांसपेशी लगायतको अध्ययन गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

इन्टरभेन्सनल रेडियोलोजी
यस अन्तर्गत माथिका विभिन्न प्रविधिको प्रयोगद्वारा सानो मात्र घाउ बनाएर रोग पत्ता लगाउने तथा निदान गर्ने गरिन्छ। शरीरका भित्री अङ्गहरु बाट पिप, पानी वा मासुको टुक्रा निकाल्ने, मुटु, कलेजो, मृगौला लगायत अन्य अङ्गमा पाइप लगाएर बन्द भएको प्रवाहलाई पुन: खोल्ने; रक्तस्राव लाई रक्तनलिमा क्वाइल हालेर रोक्ने, शरीरका रक्तनलीमा अनावश्यक प्रवाह रोक्न फिल्टर लगाउने, क्यानसर ग्रस्त भागलाई काटेर निकाल्ने तथा जाँचको लागि स्याम्पल निकाल्ने, दिमागमा रक्तस्राव भएमा रोकथाम गर्ने, पक्षघातको उपचार गर्ने लगायतका कार्यहरु पर्दछन्।

विकिरण जोखिम
विकिरणको प्रयोगले बिरामीमा विभिन्न खतरा समेत हुने गर्दछन्। त्यस्तै रेडियोलोजिमा काम गर्ने रेडियोलिजिस्ट तथा रेडियोग्राफरहरु विकिरण लगायतको उच्च जोखिममा हुन्छन्। फ्लुरोस्कोपि लगायतमा काम गर्ने चिकित्सकहरु विकिरणको प्रत्यक्ष सम्पर्कमा बस्नु पर्दछ। लिड बाट बनेको एप्रोनले खतरा न्यूनीकरण गरेतापनि क्यानसर, अन्धोपना, हाडजोर्नी लगायतको जोखिम रहन्छ।

रेडियोलोजिले अन्य चिकित्सा संकायसँगको सहकार्यमा रोग पत्ता लगाउन र उपचार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। बढ्दो रिसर्च र प्रविधिको फड्कोले यो संकायलाई दिनानुदिन हिजो भन्दा बढी उत्कृष्ट बनाउदै लगेको छ। शरीर चिरेर नै गर्न पर्ने कति कार्यहरु आज शरीर नचिरिकनै सम्भव भएका छन्। अन्य विभिन्न संकायहरुको रोग पत्ता लगाउन र उपचार गर्ने रेडियोलोजिले सदैव हातेमालो गर्ने गर्दछ। रोग पत्ता लगाउन मद्दत गर्ने विधाको रूपमा सुरु भएको रेडियोलोजी अहिले विभिन्न नयाँ प्रविधि र आविष्कार सँगै अत्यन्त परिष्कृत र आधुनिक चिकित्सा विधि बनेको छ।

एक्स–रे र अल्ट्रासाउन्डको प्रयोग ले रोग अनुसन्धानका लागि देशभरि फैलिन थाले पनि सिटिस्क्यान, एमआरआई तथा निदानात्मक रेडियोलोजीको प्रयोग अझै सीमित छ | न्यून विकिरणको प्रयोग र न्यून जोखिम बहनद्वारा उच्च गुणस्तरको उपचार प्रवाह गर्न सक्नु नै रेडियोलोजिको प्रमुख उद्देश्य र भोलिको चुनौति  हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(हमाल कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान टिचिङ अस्पताल जुम्लामा कार्यरत छन्)

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्