काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) ले होलीको अवसरमा शुभकामना व्यक्त गरेको छ।
बुधबारबाट अध्यक्ष मण्डलका संयोजक चुनिएका शरतसिंह भण्डारीले एक सन्देश मार्फत शुभकामना व्यक्त गरेका हुन्।
'असत्यमाथि सत्यको, हिंसामाथि अहिंसाको जितको रूपमा २०७५ साल चैत ६ गते पहाड तथा हिमालको जिल्लाहरूमा र ७ गते मधेशमा रंग र उत्सवको रुपमा मनाइने होली/फागु पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरूमा राष्ट्रिय जनता पार्टी नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ', सन्देशमा भनिएको छ।
पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढङ्गले मनाउदा मात्र होली/फागु पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादित र सभ्य ढंगले मनाउनु पार्टीले आग्रह गरेको छ।
'विजेता र पराजित मान्सिकताको अन्त्य गर्न 'सवैको भाषा, सबैको भेष, सबै नेपाली ,सबैको देश' भन्ने मान्यता स्थापित गर्दै सबै खाले विभेद र असन्तुष्टिहरुलाई समाधान गर्दै देशलाई शान्ति र समृद्धिको बाटोमा लग्न सफलता मिलोस् भनी राजपा नेपाल मंगल कामना गर्दछ', सन्देशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।