विराटनगर- पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता लिएको छ।
विराटनगरको सहिद रंगशालामा जारी खेलको ४२ मिनेटमा नेपालले अग्रता लिएको थियो। पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी हुन्। सावित्री भण्डारीको हेड पासमा उनले डिबक्स भित्रबाट गोल गरेकी थिइन्।
त्यसअघि १० मिनेटमा अनिता बस्तेनको कर्नरमा कप्तान निरु थापाको हेडर थोरैले बाहिरियो।१६ मिनेटमा सावित्री भण्डारीले डिबक्स भित्रबाट हानेको प्रहार सिधै श्रीलंकाकी गोलकिपरको हातमा परेको थियो। यस्तै मन्जलीकुमारी योन्जनको प्रहार पनि पहिलो बारबाट बाहिरियो।
३६ मिनेटमा श्रीलंका इरान्डी लियानागीविरुद्ध वान भर्सेस वानको अवस्थामा नेपालीकी गोलकिपर एन्जिला सुब्बाले उत्कृष्ट बचाउ गरेका थिइन्।
साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।
आजै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीच दिउँसो ३ बजे हुनेछ।
नेपाली टिम
गोलकिपर- एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर - मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड - निरु थापा (कप्तान), सावित्रा भण्डारी
प्रशिक्षक- हरि खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।