विराटनगर- पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ।
साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।
श्रीलंकाविरुद्धको खेलमा नेपालले कुनै खेलाडी परिवर्तन गरेको छैन।
श्रीलंका समूह 'बी' को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। श्रीलंकाले समूह चरणमा माल्दिभ्सलाई २-० ले हराउदा भारतसँग ५-० को हार बेहोरेको थियो।
अघिल्लो संस्करणबाहेक सुरुवाती तीन संस्करणको फाइनलमा पुगेको नेपाल चौथो पटक फाइनलमा पुग्ने अभियानमा छ। प्रतियोगितामा अहिलेसम्म गोल नखाएको नेपालको लक्ष्य गोल नखाइ फाइनलमा पुग्ने लक्ष्यमा छ।
यता आजै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीच दिउँसो ३ बजे हुनेछ।
नेपाली टिम
गोलकिपर- एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर - मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड - निरु थापा (कप्तान), सावित्रा भण्डारी
प्रशिक्षक- हरि खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।