विराटनगर- पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ।
साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।
श्रीलंका समूह 'बी' को उपविजेताको रुफमा सेमिफाइनलमा पुगेको हो। श्रीलंकाले समूह चरणमा माल्दिभ्सलाई २-० ले हराउदा भारतसँग ५-० को हार बेहोरेको थियो।
अघिल्लो संस्करणबाहेक सुरुवाती तीन संस्करणको फाइनलमा पुगेको नेपाल चौथो पटक फाइनलमा पुग्ने अभियानमा छ। प्रतियोगितामा अहिलेसम्म गोल नखाएको नेपालको लक्ष्य गोल नखाइ फाइनलमा पुग्ने लक्ष्यमा छ।
यता आजै हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीच दिउँसो ३ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।